back
NMB ad

‘ चालक तथा यात्रुलाई अपराधिलाई झैं व्यवहार नगर्नु’ – प्रहरी महानिरिक्षक खनाल

Kumari bank ad

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा आपराधिक व्यक्तिलाई झैँ गर्ने गरेको भन्दै यस्तो व्यवहार नगर्न सुझाव दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले आइतवार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर कार्यालयको अनुगमन गर्ने क्रममा यस्तो सुझाव दिएका हुन् । “यात्रुलाई नियम कानुन लगाउनु भनेको सुधारात्मक पाटो हो। कहिले काँहि ट्राफिक प्रहरी व्यवहारिक भएर यात्रुलाई व्यवहार गर्नुहोला, यात्रु अपराधी होइनन्” महानिरीक्षक खनालले भने । खनालले ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी दिएका थिए।

पछिल्लो समय ट्राफिक प्रहरीले सिमिति स्रोतसाधनको बाबजुद पनि राम्रो काम गरेको भन्दै आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन पनि दिएका थिए। उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी गराएका थिए।

प्रहरीको तथ्यांक अनुसार उपत्यकाभित्र हाल १२ लाख भन्दा बढी सवारी साधनहरू गुड्ने गरेको देखिन्छ ।

 

२०७६ साउन १३ गते प्रकाशित

वि.सं.२०७६ साउन १३ सोमवार १३:४८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...