back
NMB ad

वार्षिक डेढ करोड इँटा उत्पादन हुने चिनियाँ प्रविधिको उद्योग सञ्चालनमा आउने

Kumari bank ad

काठमाडौं । चिनियाँ प्रविधिबाट इँटा उत्पादन गर्नका लागि काभ्रेको बसडोलमा नयाँ उद्योग सञ्चालनमा आउने भएको छ । ५० करोड रुपैयाँ लगानी हुने यो उद्योग सय रोपनीमा निर्माणाधीन रहेको बताइएको छ । जसमा जमिन र वर्किङ लागत छुट्टै लाग्ने ईन्जिनियर कृष्णभक्त दुवालले बताएका छन् । उक्त उद्योग संचालनमा आएपछि प्रतिदिन ५० वटा र वार्षिक डेढ करोड इँटा उत्पादन हुनेछ ।

फ्याक्ट्री सेटअप लगायत इँटा उत्पादनका लागि गर्नुपर्ने लगभग ९० प्रतिशतभन्दा माथिको काम पूरा भइसकेको समेत दुवालले जनाएका छन् । चीनबाट ल्याएको प्लान्ट र अन्य मेशिनरीमा मात्र २५ करोड रुपैयाँ खर्च भएको उनको भनाई रहेको छ। उद्योगको पूर्वाधार निर्माण तथा स्थानीय बजारमा नै पाइने अन्य उपकरण खरिदमा २५ करोड लागेको छ। जग्गा दीर्घकालिन लिजमा लिइएके हो। प्लान्ट तथा मेशिनरी जडानको काम लगभग सकिएको छ।

‘गोर्खा इको रेड ब्रिक्स प्रालि’ नाममा संचालनमा आउने उद्योगमा दुवालसहित ई. सुवोध त्रिपाठी, विश्वराम कवाँ, रमेश दुवाल, ईन्जियरहरु राजन दुवाल र अनिल दुवालको लगानी रहेको छ। यो समूहको साझेदारीमा गोर्खा इको प्यानल र गोर्खा प्रिकास्ट एन्ड विन्डोर नामका निर्माण सामग्री उद्योगहरु पनि संचालनमा छन्। उत्पादनको कुनै पनि प्रक्रियाका दौरान धुलो र धूवाँ बाहिर नआउने गरी सुरुङ भट्टी ९टनेल किल्न० प्रविधिबाट चिनियाँ इँटा उत्पादन गर्न लागिएको बताइएको छ। इँटा उत्पादनमा यो प्रविधि नेपालमा मात्र नभएर दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको दाबी यसका प्रवर्द्धकहरुको छ। यद्यपि युरोप १९७० कै दशकमा प्रयोगमा आएको यो प्रविधि १९८० मा चीन भित्रिएको थियो।

माटोबाट बन्ने इँटा उत्पादनमा टनेल किल्न प्रविधि सबैभन्दा वातावरणमैत्री र ऊर्जा किफायती मानिन्छ ।

‘तीन हप्ताभित्रै परिक्षण उत्पादन गरेर अबको बढीमा डेढ महिनामा व्यापारिक उत्पादन नै थाल्ने गरि काम गरिरहेका छौं,’ उनले भने, ‘फायरिङका लागि युरोपेली प्रविधि प्रयोग गर्न लाग्दैछौं। यसका लागि १५ साउनमा इटालियन कन्सल्ट्यान्ट नेपाल आउँदैछन्।’

इँटा उद्योगमा उत्पादन थाल्नुअघि काँचो इँटा पकाउने भट्टी चालु गर्न फायरिङ गर्नुपर्ने हुन्छ। नेपालमा हालसम्म संचालित इँटा उद्योगहरुले फायरिङका लागि टायर बाल्ने तरिका अपनाउँदै आएका छन्। जसबाट अत्याधिक धूँवा प्रदुषण हुने गर्दछ। तर गोर्खा इको रेड ब्रिक्सले भने ग्यासबाट फायरिङ गर्ने प्रविधिका लागि इटालियन कम्पनी ‘बर्निनी इम्पेन्टी एसआरएल’लाई नेपाल बोलाएको दुवालले बताए।

उर्बर जमिन संरक्षण

कम्पनीले इँटा उत्पादनमा प्रयोग गर्ने टनेल किल्न प्रविधि धूवाँरहित रहेको र यसबाट उत्पादित इँटा पनि वातावरणमैत्री हुने दुवालको भनाइ छ। ‘यस प्रविधिबाट इँटा उत्पादन गर्दा परम्परागत इँटा भट्टाजस्तो धूवाँ र धूलो ननिस्किने भएकाले यो वातावरणमैत्री छ,’ दुवालले भने।

यो इँटा उत्पादनमा कृषियोग्य उर्बर जमिनको माटो पनि संरक्षण हुने दाबी प्रवद्र्धकहरूको छ। किनकि यो प्रविधिबाट बनाइने इँटामा एक त माटो मात्र प्रयोग हुने छैन भने अर्कोतर्फ यसमा हाल नेपालमा उत्पादन भइरहेका इँटालाई जस्तो ओसिलो तथा चिम्ट्याइलो माटो पनि चाहिने छैन। यस प्रविधिबाट इँटा तयार गर्दा जस्तोसुकै रूखो माटो प्रयोग गर्न सकिनेछ। साथै, त्यस्तो माटो पनि यसमा ५० प्रतिशत मात्र लाग्नेछ भने ३० प्रतिशत ढुंगा र बाँकी २० प्रतिशत कोइला यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने दुवालले बताएका छन्।

वातारणमैत्री उत्पादन प्रक्रिया

कच्चा पदार्थ तयार भइसकेपछि काँचो इँटा पनि मेशिनबाटै बनाइनेछ। त्यसरी मेशिनले तयार पारेको काँचो इँटालाई पोल्नुअघि अन्य प्रविधिमा जस्तो घाममा सुकाइराख्नु पनि पर्दैन। इँटा सुकाउनका लागि पनि ‘ड्राई टनेल’ बनाइएको छ। मेशिनबाट तयार काँचो इँटा सोझै उक्त ड्राई टनेलमा जानेछ। त्यसरी सुकाइएको इँटा पकाउनका लागि ड्राई टनेलबाटै ‘फायर टनेल’ मा पठाइनेछ।

‘फायर टनेल’ पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले इँटा एकनाशले रातो हुनेगरी पाक्ने दुवालले बताए। इँटा उत्पादन प्रक्रिया यसरी टनेल भित्रभित्रै पूरा हुने भएकाले यसमा बाहिरी वातावरणमा इँटा उत्पादन प्रक्रियाका कारण धूलो सिर्जना हुने सम्भावना शून्य हुने उनको भनाइ छ। इँटा उत्पादन उद्योग ‘गोर्खा चाइनिज ब्रिक्स प्रालि’ नाममा सञ्चालनमा आउन लागेको हो। दुवालका अनुसार अहिले साइटमा टनेल निर्माणको ९० प्रतिशत काम पूरा भइसकेको छ। इँटा उत्पादन प्लान्टका लागि आवश्यक सम्पूर्ण मेशिन तथा उपकरणहरू चीनबाट आइसकेको छ।

विद्यमान चिनियाँ इँटाभन्दा २० प्रतिशत सस्तो

गोर्खा चाइनिज इँटा हाल नेपाली बजारमा पाइने गरेको चिनियाँ इँटाबराबरकै आकारमा हुनेछ। तर, त्यसको तुलनामा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने दुवालको दाबी छ।

गुणस्तर र फिनिसिङका दृष्टिले नेपाली बजारमा पाइने विद्यमान चिनियाँ इँटाभन्दा राम्रो हुनुका बाबजुद यसको मूल्य भने बढीमा अन्य एक नम्बर लोकल इँटाको जति मात्र पर्ने बताइएको छ। अहिले चाइनिज इँटाको मूल्य प्रतिगोटा २२ रुपैयाँ छ भने एक नम्बर लोकल इँटाको १७ रुपैयाँ पर्छ। दुवालका अनुसार, विद्यमान चाइनिज इँटाको तुलनामा गोर्खाको इँटा २० प्रतिशत सस्तो पर्नेछ ।

इँटा बन्डलमा प्याक भएर उपभोक्तासम्म

उद्योगबाट दुई किसिमका इँटा उत्पादन गर्ने बताइएको छ। जसमा एउटा हाल बजारमा पाइने चिनियाँ इँटाजस्तै हुनेछ भने अर्कोको बीचमा तीनवटा गोलो प्वाल हुनेछ। प्वालयुक्त इँटा जोडाइ गर्दा त्यसमा मसला भरिने हुँदा यसबाट पर्खालको तहबीच राम्रो पकड आएर निर्माण बलियो हुन सक्नेछ।

अन्य इँटाहरूभन्दा यसमा अर्को फरक– गोर्खा चाइनिज इँटा फ्याक्ट्रीबाट उत्पादन भएपछि मेशिनबाटै एक हजार ओटाको बन्डल–बन्डलमा प्याकेजिङ भएर उपभोक्तासम्म पुर्याउने योजना रहेको दुवालले जानकारी दिए। नेपालमा हालसम्म यसरी इँटा बन्डलमा प्याकेजिङ गर्ने अभ्यास कुनै पनि उद्योगले गरेका छैनन्। फ्याक्ट्रीबाटै प्याकेजिङ भएपछि लोड–अनलोड गर्दा इँटा टुटफुट हुने सम्भावना असाध्यै न्यून हुने र उपभोक्ताले फ्रेस पाउने हुँदा खेर जानेछैन। (स्रोतः बिजमाण्डु)

 

२०७६ साउन १४ गते प्रकाशित

वि.सं.२०७६ साउन १४ मंगलवार १३:५२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...