back
NMB ad

मित्रता कला प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ कलाकारका कलाकृति प्रदर्शित

Kumari bank ad

काठमाडौं । बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी साउन १४ गते मंगलबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा आरम्भ भएको छ ।

एक समारोहका बीच नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले बन्धुत्व शीर्षकमा आयोजित कला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै राजदूत शाम्सले यस प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । भाषा, संस्कृति र कलाको सन्दर्भमा दुबै देश अत्यन्तै नजिक रहेको बताउनुहुँदै राजदूतले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।

यस्तै विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्नुुहुँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल र बंगलादेशका कलाकारहरु सम्मिलित कला प्रदर्शनीको सफल आयोजनाका लागि आयोजक संस्था बंगलादेशको चारुर मित्र कलाकार समूहलाई हार्दिक धन्यवाद दिनुभयो । कुलपति कर्माचार्यले यस प्रर्दशनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका बंगलादेशी कलाकार एवम् चारुर मित्र कलाकार समूहका संयोजक तैमुर हन्नानले नेपाल र बंगालदेशका कलाकारहरु सम्मिलित यो प्रदर्शनीको सफलताले आफूलाई सन्तोष र थप उत्साह मिलेको बताउनुभयो । यस प्रदर्शनीको सफलताबाट उत्साहित भएर आफूले नेपाल, बंगलादेश र भारतका कलाकारहरु सम्मिलित अर्को कला प्रदर्शनी आयोजना गर्ने र त्यो त्रिदेशीय प्रदर्शनी भारतको नयाँ दिल्लीमा हुने उहाँले उद्घोष गर्नुभयो । सो अवसरमा प्रदर्शनीकी संयोजक रञ्जु यादवले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चार दिवसीय प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् । प्रर्दशनीमा नेपाली कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल, ओम खत्री, पुनम कुमारी दास, मिथिला देवी यादव, रञ्जु यादव, एससी सुमन र सुष्मा राजभण्डारीका कलाकृति सहभागी छन् ।

यस्तै, बंगलादेशी कलाकारहरु अमजद आकाश, फरिहा बिन्ता खैर, दिलसाद पठान, इमाम हुसैन सुमन, लक्की ओस्मान, मैदुल इस्लाम खान, मोहसिन कबिर, नज्मा अख्तर, शबनम चौधरी, सिग्मा हक अंगकान, सुनन्दा रानी बर्मन र तैमुर हन्नानका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

साउन १७ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा सहभागी हुन पाँच जना बंगलादेशी कलाकार काठमाडौं आउनुभएको छ ।

 

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १०:५२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...