back
NMB ad

एनएमबि ५० ले बिक्रीमा ल्याएको ईकाईको आवेदन समय थपियो

Kumari bank ad

काठमाडौं । एनएमबि ५० ले बिक्रीमा ल्याएको ईकाईमा आव्हान गरेको समायवधिमा कम आवेदन परेपछि आवेदनका लागि समय थपिएको छ । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालन हुने एनएमबि ५० को एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाई बिक्रिका लागि राखिएको छ ।

साउन १६ गतेसम्ममा पनि आवश्यक आवेदन नपरेपछि सो इकाइ बिक्रिको लागि भन्दै कम्पनिले भदौ १० गतेसम्मका लागि समय थप गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। क्यापिटलले हालसम्म संस्थागत लगानीकर्ताको तर्फबाट आवेदन नपरेको बताएको छ ।

कम्पनिको प्रति ईकाई १० रुपैयाँका अंकित दरका १२ करोड ईकाई शेयर रहेको छ । जसमध्ये बिज पूँजी वापत १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंक र १५ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याई बिक्री खुला गरिएको छ ।

एनएमबि ५० ले शेयर बजारका ५० वटा उत्कृष्ट कम्पनीका शेयरमा लगानी गरी इकाईधनीलाई दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । एनएमबी ५० ले निष्काशनको दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतका दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण गरेको छ ।

सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आवेदन गर्न सक्नेछन । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा तिनको शाखा कार्यालय र मेरो शेयरबाट इकाईमा आवेदन दिन सक्नेछन्। ।

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १२:५५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...