back
NMB ad

२ बालकद्धारा एकैरातमा नौ पसलमा चोरी

Kumari bank ad

काठमाडौं । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न नेपालगञ्ज–२०स्थित मदनापुरका १५ वर्षीय कालु विक र १६ वर्षीय दामु शाही पक्राउ परेपछि शृङ्खलाबद्ध चोरीमा संलग्न उनीहरू चोर्न सिकाउने गुरुसमेत रहेको रहस्य खुलेको छ ।

दामु पक्राउ परेको एक दिनपछि सोमबार राति कालु पनि पक्राउ परेका हुन् । चोरीका घटनामा प्रहरीको निगरानीमा रहेका कालु राति सुत्न आएका बेलामा पक्राउ परेका थिए । नौ वटा सटरमध्ये तीन वटाबाट रु एक लाख २० हजारका साथै रु तीन हजार ५०० बराबरको रिचार्ज कार्ड पनि उनीहरूबाट बरामत गरिएको थियो । कालु यसअघि छ पटक पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका इञ्चार्ज तथा प्रहरी निरीक्षक दीपक मल्लले बताउनुभयो ।

“चोरीमा बालक पक्राउ पर्छन् । कम उमेर भन्दै छोडिन्छ तर फेरि चोरी गर्न पुग्छन, मल्लले भन्नुभयो, “उमेर कम छ । प्रहरीले छोडिहाल्छ भन्दै धेरैले चोरीलाई नै अँगालेको पाइयो ।” कालुको साथबाट रु १६ हजार र चोरी गरिएका कपडा बरामद गरिएको थियो । दामुको साथबाट पनि रू १६ हजार १५५ फेला परेको थियो । “विभिन्न नाममा चोरी गर्ने समूह नै परिचालन भएकाले सबैलाई खोजेर बिस्तारै सबैलाई नियन्त्रणमा लिन्छा ैं” उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर वलीले दामु व्यावसायिक चोर भएको र उनले धेरै ठाउँ चोरी गरिएको भेटिनाका साथै उनीहरूको समूहमा तालीमप्राप्त चोर रहेको प्रमाण प्राप्त भएको बताउनुभयो चोरीमा बालकको विभिन्न समूह रहेको र टोलीनेताको थरअनुसार समूहको नामकरण गर्ने गरिएको रहेछ । प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधारगृहमा पठाउने तयारी गरेको छ ।चोरीमा लागेका अधिकांश बालक बुबाआमा गुमाएका, बाबुआमा भएपनि विदेशमा रहेका र आमा अर्कैसँग विवाह गरी हिँडेको परिवारका छन् । रासस

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १४:०० मा प्रकाशित

You can share this post!

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...