back
NMB ad

खसी बजारका होलसेल व्यापारीलाई जरिवाना

Kumari bank ad

काठमाडौं ।  मासुको मूल्य अस्वाभाविक रूपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित खसी बजारका ६ होलसेल व्यापारीलाई जरिवाना गरेको छ ।

व्यापारीले बिल जारी नगरी जिउँदो खसीको प्रतिकिलो ५ सय ६० देखि ६ सय ८० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाएपछि कारबाही गरेको हो । विभागले कलंकी खसीबजारका ९ वटा होलसेल पसलमा अनुगमन भएको र यस क्रममा ६ वटा पसललाई जनही ५ हजारका दरले जरिवाना गरेको हो ।

विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार ती व्यवसायीले दर्ताविना नै स्टल सञ्चालन गरिरहेका थिए । पसल दर्ता नगरी खरिद बिक्रीको कुनै काजगात देखाउन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार आर्थिक जरिवाना गरेको विभागले जनाएको छ ।

कलंकीस्थित खसी बजारमा ४३ वटा व्यवसायी छन भने यहाँबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएको छ ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...