back
NMB ad

दशैभित्र लालपूर्जा दिनेगरी काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

Kumari bank ad

तनहुँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैभित्र लालपूर्जा दिनेगरी काम गर्नसबै कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

तनुहँको सुक्लागण्डकी–७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजीत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्री परिषद्को निर्णयले स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको भन्दै दशैभित्र जनताको हातमा लालपूर्जा थमाउनेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

सोहीअनुरुप दशैंभित्र लालपुर्जा दिनेगरी काम गर्न मन्त्री अर्यालले कर्मचारीलाई आग्रह गर्नुभएको हो । राजनीतिक व्यक्तिलाई दिँदा विवाद होला, समस्या पर्दा र काम रोकिएला भनेर स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलगायतका मातहतका कर्मचारीलाई दिएको उहाँले बताउनुभयो । पाल्पाको रामपुर र यहाँको छिट्टै काम सकेर लालपूर्जा बाड्ने योजना छ मन्त्रि अर्यालले भन्नुभयो ।

साही अवसरमा मन्त्री अर्यालले जनताको जीवनस्तर बदल्नेगरी वर्तमान सरकारले विशेष किसिमको कार्यक्रम ल्याएको भन्दै स्थानीयलाई कृषि क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभयो । जमनिको वर्गीकरण गरि काम गर्ने योजना सरकारले ल्याएकाले निर्वाहमुखी कृषि प्रणालीबाट जीवन बदल्न जमिनको अधिकतम प्रयोग कृषि आधुनिकीकरणमा लाग्नमा जोडदिनुभयो ।

नगरपालिकामा बसोबास गर्ने १ हजारभन्दा बढी घरधुरीका स्थानीयले आफूले जोतभोग गर्दै आएको जग्गालाई लालपूर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार ०७:३१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...