back
NMB ad

मध्यपहाडी(पुष्पलाल) लोकमार्गका साथै नयाँ शहर निर्माणको काम यस्तो हुँदै

Kumari bank ad

काठमाडौं । मध्यपहाडका जिल्लाहरुको विकासमा निकै महत्व राख्ने मध्यपहाडी (पुष्पलाल)  लोकमार्गको निर्माण कार्य ४८ प्रतिशत सकिएको छ । आ.व २०६४/०६५ देखि बनाउन शुरु भएको लोकमार्गले १० वर्षमा ४८ प्रतिशत काम सकिएको सडक विभागले जनाएको हो । यस लोकमार्गले पूर्व देखि पश्चिममा गरी २६ वटा जिल्लालाई जोड्ने हँुनाले मध्य पहाडी जिल्लाको विकासमा यसले प्रत्यक्ष यागदान पुर्याउने आशा गर्न सकिन्छ ।

विभिन्न ठाउँमा भएका जलविद्युत् आयोजनाको कारण ट्रयाक खोल्ने काम भने नसकिएको र सो कार्य लगायतलाई चाँडै सक्नका लागि विभिन्न ठाउँहरुमा निर्देशनालयहरु खोलेर कामलाई तिब्र पारिएको सडक विभागले जनाएको छ । निर्माणको शुरुवाति अवस्थामा १७ सय ७६ किमि भनिएको सडक बनाउँने क्रममा घुम्तिहरु बढाइ घुमाउरो सडक बनाउनु परेका कारण लम्बाई वृद्धि भएको छ । हाल यसको लम्बाई १८ सय ७९ किमि रहने आयोजनाले जनाएको छ । जसमध्ये ८ सय ६ किमिमा कालोपत्रे गरिसकिएको छ । यस आयोजनाबाट ३ सय ४४ किमिमा मात्रै कालोपत्रे भएको हो । ४ सय ६२ किमिमा अन्य आयोजनाबाट कालोपत्रे गरिएको हो । सडक २ लेन र पीच ७ मिटर फराकिलो बनाइएको छ । १८ सय ७९ किलोमिटर लम्बाई रहेको राजमार्गमा १ सय २९ वटा पुलहरु बन्नेछन् । हालसम्म ६८ वटा पुल बनिसकेका छन् भने २४ निर्माणाधीन र ३७ वटा पुलको ठेक्का दिन बाँकी रहेको छ । १० वर्षे कार्ययोजनामा राखेपनि सरकारले उक्त आयोजनालाई १५ वर्षे योजनाका रुपमा राखेको छ ।

यो सडक पूर्वमा पाँचथर चियो भन्ज्याङ देखि सुदुरपश्चिमको बैतडि स्थित झुलाघाटसम्मको हुनेछ । यसबिचमा ३ सय बस्ति र एक करोड बासिन्दा यसबाट लाभान्वित हुने बताइएको छ । बाँकि सडकखण्ड मध्ये ५९० किमिमा पिच भैरहेको छ भने ४०३ किमि ठेक्कामा दिन बाँकि छ । गत आ.वमा ९७ प्रतिशत काम भएको आयोजनाको दावि छ । योजना अनुसार काम भएमा आव ०७९/८० मा निर्माण सम्पन्न हुने बताइएको छ । 

कुल ८४ अर्ब ३३ करोड लागत रकममा निर्माण हुने भनिएको राजमार्गमा अहिलेसम्म ३९ अर्ब ९० करोड ६३ लाख ४३ हजार रुपैयाँ रकम खर्च भएको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको यस आयोजनामा हाल सम्म पुँजीगत तर्फ ४० अर्ब २५ करोड ४३ लाख ५५ हजार र चालु तर्फ २६ करोड ७२ लाख २२ हजार विनियोजन भएको छ । आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म कुल विनियोजनको ९९ प्रतिशत रकम खर्च भएको छ भने आर्थिक वर्ष २०७५/०७६ मा भने कूल विनियोजित बजेटको ९८ प्रतिशत रकम खर्च भएको जनाइएको छ ।

निर्माणाधीन लोकमार्गमा नयाँ १२ वटा शहर बन्ने भएका छन् । शुरुमा १० वटा शहर बन्ने भनिए पनि पछि दुई वटा थप गरी १२ वटा शहर बन्ने जनाइएको हो । शहरी विकास मन्त्रालयले १२ वटा नयाँ शहरका लागि विभिन्न ठाउँहरुमा शहरी पूर्वाधारहरु निर्माण र ल्याण्ड पुलिङको काम भइरहेको बताएको छ । हिमाल पहाडबाट तराई बसाइसराई गर्नेहरुको संख्या कम हुने अपेक्षा सहित सरकारले नयाँ शहर निर्माण गर्न लागेको हो । यस शहर अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिधुलीको खुर्कोट, धादिङको वैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौर जहारी, दैलेखको राकम, कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा नयाँ शहर निर्माण गरिने भएको छ । पछिल्लो समय थपिएका दुई नयाँ शहर सुर्खेतको भेरी गंगा र प्युठानको भिंग्रीमा नयाँ शहर निर्माण गरिने भएको छ ।
पहिले घोषणा भएका १० वटा शहरको आइडीपी सम्पन्न भई निर्माणको चरणमा जान लागेको बताइएको छ । सरकारबाट यथेष्ट बजेट विनियोजन नहुँदा नयाँ बन्ने शहरको काम नदेखिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...