back
NMB ad

नेप्से परिसूचक ओरालो लाग्ने क्रम आजपनि कायम

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.९१ अङ्कले घटेर २६९.१० मा पुगेको छ । स्टकका अनुसार कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका १२ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । बैंकिङ ९.३६, व्यापार १.६९, होटल २५.८८, विकास बैंक ५.२१, जलविद्युत् ६.८३, वित्त ४.७४, निर्जीवन बीमा ४०.९७, उत्पादन ३०.६४, अन्य १.६, लघुवित्त २१.०९, जीवन बीमा ६.११ र सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु आठ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया रु एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक रु एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक रु एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको रु एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज जोशी हाइड्रोपावर २.७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २.६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २.६०, कालीका पावर कम्पनी २.३३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९.९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.२१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८.१३, गुराँस लघुवित्त वित्तीय संस्था ७.४२ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।

यस्तै स्टकमा आजदेखि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीका शेयर कारोबार शुरु भएको छ । स्टकले रसुवागढीलाई शुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९७ रुपैयाँ २९ पैसा र अधिकतम् २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९६ रुपैयाँ ३२ पैसा र अधिकतम् २८८ रुपैयाँ ९६ पैसा तोकेको थियो । ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् ।(रासस)

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १६:४३ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...