back
NMB ad

काठजन्य सामग्रीबाट व्यापार घाटा, एक वर्षमा साढे ६ अर्बको काठजन्य सामग्री आयात

Kumari bank ad

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष ४२ देशबाट ६ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ आयात भएको छ । नेपाल आफ्नो जंगलबाट निकालेर आत्मनिर्भर हुन सक्ने प्रशस्त सम्भावना भएपनि हरेक वर्ष काठ र काठजन्य सामग्रीको आयात बढ्दै र निर्यात घट्दै गएको छ ।

नेपालमा भारतबाट ३ अर्ब ५५ करोड ३२ लाख, इन्डोनेसियाबाट एक अर्ब १४ करोड ५० लाख, चीनबाट ८४ करोड ६७ लाख, म्यानमारबाट चार लाख ६६ हजार र मलेसियाको ४६ करोड ६० लाख रुपैयाँबराबरका काठ तथा काठजन्य सामग्री आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालले गत वर्ष साढे ६ अर्ब काठ आयात गरेकोमा पाँच करोडको मात्रै काठ निर्यात गरेको छ । भन्सार विभागका अनुसार चीन, भारत, अमेरिकालगायत २६ देशमा पाँच करोड ५६ लाख १० हजार रुपैयाँबराबरका काठ र काठजन्य वस्तु निर्यात भएको छ ।

देशमा सात प्रतिशत काठ र काठजन्य सामग्रीबाट व्यापार घाटा भएको छ । जंगलबाट काठ निकाल्न कानुनी सहज बनाएमा आयात प्रस्थिापन गर्न सकिने बताइएको छ ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १५:०२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...