back
NMB ad

कर परीक्षणलाई कम महत्त्व दिँदा वर्षेनि अर्बौंको राजस्व गुमाउँदै

Kumari bank ad

काठमाडौं ।  आन्तरिक राजस्व विभागले कर परीक्षणलाई कम महत्त्व दिँदा वर्षे्नि अर्बौंको राजस्व गुमाउँदै आएको छ ।
विभागले गत आर्थिक वर्ष २०७५/७६ मा कुल करदाता २१ लाख ७३ हजारमध्ये जम्मा ३७ सय करदाताको मात्र पूर्ण कर परीक्षण र ३६५ करदाताको मात्र विस्तृत अनुसन्धान गरेको छ ।

यो सहित अन्य कर परीक्षण जोड्ने हो भने विभागले गत आवमा कुल करदातामध्ये करीब १ प्रतिशतको मात्र कर परीक्षण गरेको हो । विभागले अघिल्लो आवमा ५ हजार १०५ करदाताको पूर्ण कर परीक्षण र ६३८ करदाताको विस्तृत अनुसन्धान गरेको थियो ।

यसैगरी विभागले आव २०७४/७५ मा सबैखाले कर परीक्षणबाट २२ अर्बभन्दा बढी थप कर निर्धारण गरेको थियो । तर, गत आवमा कर परीक्षणको संख्या घट्दा १३ अर्बभन्दा केही बढी मात्र राजस्व संकलन भएको छ । विभागले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तःशुल्कमा पूर्ण कर परीक्षण र विस्तृत अनुसन्धान लगायत काम गर्दै आएको छ ।

गत आवमा विभागले पूर्ण कर परीक्षण मार्फत आयकरतर्फ . १० अर्ब २२ करोड थप कर, भ्याटतर्फ २ अर्ब ४२ करोड र अन्तःशुल्कतर्फ ४५ करोड रुपैयाँ थप कर निर्धारण गरेको थियो ।  अघिल्लो आवमा भने विभागले पूर्ण कर परीक्षण गर्दा आयकरतर्फ १९ अर्ब ७९ लाख, भ्याटतर्फ २ अर्ब ३४ करोड र अन्तःशुल्कतर्फ ६२ करोड रुपैयाँ थप कर निर्धारण गरेको थियो ।

गत आवमा प्रतिकेस कर परीक्षणमा आयकरतर्फ २७ लाख ६२ हजार रुपैयाँ थप कर निर्धारण भएको छ । अघिल्लो आवमा आयकरतर्फ प्रतिकेस ३८ लाख ७८ हजार रुपैयाँ थप कर निर्धारण भएको थियो । पूर्ण कर परीक्षणबाट प्रतिकेस लाखौं रुपैयाँ थप राजस्व संकलन हुँदाहुँदै पनि विभागले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पूर्ण कर परीक्षणको संख्या घटाएको हो ।

२०७६ साउन २७ मा प्रकाशित 

वि.सं.२०७६ साउन २७ सोमवार ०८:०७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...