back
NMB ad

तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग

Kumari bank ad

ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताएका छन ।

फोर एच नेपालको संयोजनमा आज यहाँ आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल उत्पादन गर्ने क्षमता विकास नभएको र सो मल उत्पादन गर्न रु एक खर्ब नौ लाख खर्च गर्नुपर्ने बताए ।

उहाँले चालू आव २०७६/७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी दिए । नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उनको भनाई छ । उनले भने, “हाल नेपालको ४२ प्रतिशत जमीन बाँझो रहेकाले त्यसलाई प्रयोगमा ल्याउन युवा लक्षित कार्यक्रम अघि बढाएका छौँ ।”

यसैगरी कृषि मन्त्रालयले नेपालमा उत्पादन हुने तरकारी र फलफूलमा प्रयोग भएका विषादीको जाँचका लागि रु १५ करोड बजेटसहित तीन प्रयोगशाला स्थापना गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार नेपालले विसं २०७१ देखि तरकारी र फलफूलमा प्रयोग भएका विषादीको परीक्षण गर्न शुरुआत गरेको हो । नेपालमा हाल १६९ विषादी प्रयोग हुने गरेका छन् । नेपालको तराई क्षेत्रमा बढी विषादीको प्रयोग भएका तरकारी उत्पादन भएको बताइन्छ ।

चालू आवमा मन्त्रालयले कृषिमा युवा कार्यक्रमलाई अघि बढाउन रु ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले सो परियोजनामार्फत हाल नेपालमा रहेका ६६ प्रतिशत किसानलाई २५ प्रतिशतमा झारेर बाँकीलाई अन्य काममा लगाउने योजना अघि सारेको मन्त्री खनालले बताए । रासस

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...