back
NMB ad

क्षमताभन्दा तेब्बर संख्यामा राखिएपछि कैदी र आरोपित बन्दी सकसमा दिनरात गुजार्दै

Kumari bank ad

काठमाडौं । विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी सकसमा दिनरात गुजार्दै आएका छन् ।

बेँसीशहरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ पुरुष र १० महिला गरी ३५ जना कैदीबन्दी राख्ने क्षमता जिल्ला कारागारको छ । तर अहिले महिला र पुरुष कैदीबन्दी गरेर ८७ जना रहेको कारागारका सूचना अधिकृत रमेश विकले बताए । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । सो प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।

क्षमताभन्दा झण्डै तेब्बर बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरु विभिन्न खालका सास्ती भोग्न बाध्य छन् । पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुर्जान निकै सास्ती भएको कैदीबन्दी बताउँछन् । गर्मीको मौसम भएकाले यतिबेला उनीहरुलाई शितलको व्यवस्था नभएको र वर्षायामको पानी चुहिएर उस्तै समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

गर्मीले उकुसमुकुस त बनाउँछ नै वर्षाको पानी ओछ्यानमै छिर्ने हुँदा सुत्न निकै कठिनाइ भइरहेको पाँच वर्षदेखि कैद सजय भोग्दै आएका महेन्द्र गुरुङले बताए । कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने त्रासैत्रासमा दिनरात बिताउँदै आएको चौकीदार दिनेश परियार बताउँछन् । उनी भन्छन्, “यति मात्रै नभई गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत हुने गरेको छ ।

कैदीबन्दी बस्ने ठाउँ फराकिलो र नयाँ संरचना भएमा सहज हुने उनको भनाइ छ । धेरै कैदीबन्दी भएकाले शौचायलय जानसमेत पालो कुरेर बस्नुपर्ने, त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको सात वर्षदेखि कैद सजाय भौग्दै आउनुभएका जीतबहादुर अधिकारीको भनाइ छ । ठाउँ अभावमा हिँड्ने बाटोमा सुत्नुपर्ने हुँदा श्वास फेर्नसमेत गाह्रो भएको विजय तामाङले बताउँछन् । उनले भने, राणाकालको आखीझ्यालजस्तो हामी बस्ने ठाउँ रहेको र धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च रहेको छ । ओछ्यानमा उडुस परेकाले टोकेर सुत्नै मुस्किल हुने गरेकाले राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत नसकिएको सात वर्षदेखि कैद सजाय काट्दै आउनुभएका राधा केसीले बताइन् । उनले भनिन्, महिला कैदीबन्दी सुत्ने ठाउँमा समेत पानी चुहिने गरेकाले हामीलाई धेरै समस्या भइरहेको छ ।

करीब चार रोपनी क्षेत्रफलमा कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना निर्माण गरिएको र सङ्ख्याको आधारमा कारागाराका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विकले बताए। कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई विभिन्न समस्या हुने गरेको उनको भनाइ छ । खान, बस्न, सुत्नदेखि शौचायलय जानसमेत उनीहरुलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ/हुँदैन भनेर गत वर्ष माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भने, क्षमताभन्दा बढी र पुरानो संरचना हुँदा धेरै समस्या भइरहेको छ । यो नेपालकै पुरानो कारागार मध्ये एक हो । दिनहँु दिन कैदीबन्दी थपिदै जाँदा नयाँ भवन निर्माण गर्नुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा विभिन्न समस्या भइरहेको उहाँको भनाइ छ । यस्तो संरचनामा कैदीबन्दी राख्दा उनीहरुको मनोवल समेत गिर्ने भएकाले कारागार व्यवस्थापन विभागमा लेखापढी गरेर आवश्यक पहल गर्न अनुरोध गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले बताए ।

जिल्लाको कुन्छाबाट विसं २०२८ तिर सदरमुकाम सरेर बेँसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको उक्त कारागार हो । सो बेला निर्माण भएको कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुनसकेको छैन । यसलाई थप व्यवस्थित र कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुँदा यस्ता समस्या देखिएको छ । जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ । उनीहरुमध्ये ७७ कैदीबन्दी पुरुष र १० कैदीबन्दी महिला रहेका छन् । तीमध्ये ४७ कैदी पुरुष र आठ कैदी महिला रहेको कारागारले जनाएको छ । त्यस्तै ३५ पुरुष र दुई महिला थुनुवा (पुर्पक्षका लागि राखिएको) रहेका छन् । कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योगका १२, कर्तव्य ज्यान मुद्दाका ११ पुरुष र छ महिला कैदीबन्दी रहेका छन् । रासस

२०७६ साउन ३१ गते प्रकाशित

वि.सं.२०७६ साउन ३१ शुक्रवार १३:५९ मा प्रकाशित

You can share this post!

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...