back
NMB ad

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

Kumari bank ad

काठमाडौँ । डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको शभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको लागि अहिलेको आचारसंहिता सम्बन्धी कानुनले सबै बिषय समेटन नसकेकोे बताएका छन् । उनले धेरै कारवाही भनेको नै प्रेस पास निलम्बन,लाइसेन्स खारेज भएको हुँदा जहाँ जस्ले जे बोलेपनि हुने मानसिकता भएको पनि बताएका छन् । आफ्नो पत्रकारिताको विगत सम्झदै कावा अध्यक्ष श्रेष्ठले अहिले समाजमा पत्रकार भन्न पनि धक मान्नुपर्ने स्थिती देखा परेको बताए । उनले पत्रकारले गरेको गल्तिमा केही कारवाहि गरेपनि आन्दोलन गर्ने, प्रेस स्वतन्त्रता हनन् गर्यो भनेर हिड्ने प्रवृति बढेको प्रति चिन्ता ब्यक्त गरे । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोपाल बुढाथोकीले केही अनलाइनहरूले राख्नै नहुने कुराहरु राख्न थालेको तर त्यसलाई कसरी अनुगमन गर्ने भन्ने पाटो गम्भीर भएको बताएका छन् । सरकारले पोर्न साइट बन्द गर्न सक्ने तर गलत तथा भ्रामक सामग्री राख्ने अनलाइनलाई नियन्त्रण गर्न किन नसक्ने भन्ने आफूलाई लागेको उनले बताए । सदस्य बुढाथोकीले अनलाइनमा आउन थालेका असान्दर्भिक सामग्री समग्र राष्ट्रको समस्या भएको बताए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले दर्ता नभइकन चलेका अनलाइनहरुलाई के गर्र्ने भन्ने बिषय नै अहिलेको प्रमुख समस्या भएको भन्दै विदेशबाट नेपालीहरुले चलाएका अनलाइनमा धेरै नै समस्या हुने गरेको बताए । मु–अ भुसालले काउन्सिलले नियमित रुपमा सबै प्रकारका सञ्चार माध्यमहरुको अनुगमन गरिरहेको जानकारी दिए । सहन्यायधिवक्त्ता संजीवराज रेग्मीले अनलाइन निर्देशिकाको बिषय जटिल भएको बताए । कतिपय विषय हालको कानुनबाट समाधान गर्न सकिने,कतिपय विषय नयाँ कानुनमा समेटनु पर्ने र केही विषय दुइपक्षयि संवादबाट समाधान गर्नुपर्ने पनि बताएका छन् ।

प्रहरी नायब महानिरिक्षक निरज बहादुर शाहीले अनलाइन सञ्चारमाध्यममा सम्प्रेषित गलत एवं भ्रामक समाचारले राष्ट्रिय सुरक्षा र ब्यत्तिको जीवनमा समेत असर पुग्न बताउँदै त्यस्ता उजुरीहरू प्रहरी कहाँ समेत आउने गरेको बताए । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायले कानुन नेपालबाट सञ्चालन हुने र बाहिरबाट सञ्चालन हुने अनलाइनलाइ एउटै कानुन लागु हुने बताउँदै पत्रकारले गरेको गल्तिलाई पक्षपोषण नगरी गल्ति हो भन्न सक्नुपर्ने बताए । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिव राजन पौडेलले मन्त्रालयले कानुनको परीधिमा रहेर गर्न सकिने कारवाही गर्ने बताएका छन् । पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघले गलत पत्रकारको पक्षपोषण नगरेको भन्दै सधै सत्यको पक्षमा रहने बताए । महासचिव विष्टले गलत काम गर्ने पत्रकारलाई सार्वजनिक प्रतिकार गर्नुपर्ने भन्दै काउन्सिल र महासंघ एउटै पक्षमा रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालका सह– प्रशासकीय अधिकृत दीपक खनालले के समाचार हो र सामग्री हो ? त्यसको पहिचान गर्नसक्नु पर्ने बताए । केही अनलाइनमा समाचार नभएर गलत सामग्रीमात्र आउने गरेको भन्दै उनले त्यस्ताको पछि लाग्न नहुने धारणा व्यक्त गरे । सह– प्रशासकीय खनालले दर्ता नभएको अनलाइनको हकमा स्वत नेपाल दूरसञ्चार पा्रधिकरणले कारवाही गर्नुपर्ने बताए ।

प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले न्यूज पोर्टलको रुपमा सञ्चालन गरी नेपालको ऐन,नियम,निर्देशिका एवं विधि बमोजिम विधिवत रुपमा दर्ता /सूचिकरण नभएका अनलाइन पोर्टलबाट सम्प्रेषित अतिरञ्जित सामाग्री र कारवाहीको अवस्थाबारे प्रस्तुत गर्दै पत्रकार तथा सञ्चारमाध्यमको काम,कर्तव्य र अधिकार तथा कारवाही र निर्णय प्रकृया,सूचीकरण र वर्गिकरणबारे जानकारी दिए । बोहराले काउन्सिलमा हालसम्म अनलाइन १७४७,रेडियो तथा एफएम ८४० ,टेलिभिजन १५३ तथा नियमित पत्रिका ९१२ भैरहेको जानकारी दिदैं उनले जनगुनासो र अनुगमन, उजुरी र कारवाही,खण्डन र सचेत,जानकारी, अनुगमनमा प्रविधिको प्रयोग,आचारसंहिता उल्लंघनका प्रकृति,अनुगमनको तरीकाहरुबारे उदाहरण सहित प्रष्ट पारे । सुचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्यले १ महिनाको अवधिमा ८१ वटा अनलाइन विभागमा दर्ता भएको बताए । उनले चाइनामा जम्मा ५ सयवटा मात्रै अनलाइन भएको सन्दर्भमा नेपालमा यतिधेरै अनलाइन हुनु अस्वभावीक भएको भन्दै नियमन गर्नुपर्ने बताए ।

छलफलबाट समय तोकेर अनलाइन दर्ता हुन सूचना जारी गर्ने र दर्ता नभएका अनलाइनलाई निश्चित समयभित्र अनलाइन दर्ता गर्न जानकारी गराउने सहमति भएको छ । यस्तै कार्यविधिमा टेकेर जति अधिकार छ त्यसलाई कार्यान्वयन गर्ने , एउटा समिति /कार्यदल बनाएर महिनामा एकपटक यस्ता सामग्रीहरू एवं समस्याबारे जानकारी गर्ने, समितिमा (काउन्सिल,पत्रकारमहासंघ,सूचना तथा प्रशारण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरो, महान्यायधिवत्ताको कार्यलय तथा केन्द्रिय अपराध अनुसन्धान महाशाखाका प्रतीनिधि) रहने गरी प्रस्ताव गर्न सहमति भएको छ ।

कार्यक्रममा साइबर ब्यूरोका ननिन्द्र अर्याल, सिआइबिका ए.एम चन्द्र बहादुर धामी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिज राजन पौडेल, सूचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्य, अपराध महाशाखाका सुशिल सिंह राठौर, साइबर क्राइमका लिलाराज डाँगी, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय , नेपाल दूरसञ्चार प्राधिकरणका उप–निर्देशक रेवती राम पन्थ, महान्यायधिवक्त्रा कार्यलयका संजीवराज रेग्मी,नेपाल टेलिभिजनका फोटो जर्नालिस्ट ,काउन्सिलका कर्मचारहिरुको सहभागिता रहेको थियो ।

२०७६ साउन ३२ गते प्रकाशित

वि.सं.२०७६ साउन ३२ शनिवार ०८:४४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...