back
NMB ad

म्याग्दीमा ‘छोरी पेवा बचत’ कार्यक्रम, छोरीलाई मासिक सय रुपैयाँ दिने

Kumari bank ad

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविवाह न्यूनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउन ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु गरेको छ ।

मौवाफाँटस्थित गाउँपालिकाको कार्यालयमा बसेको कार्यपालिका बैठकले ‘रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालन कार्यविधि’ पारित गर्दै २२ गते बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

आठवटै वडामा गाउँपालिकाले तोकेको सहकारी संस्थामा छोरीका नाममा खाता खोलेर गाउँपालिका र अभिभावकले मासिक एक–एक सय रुपैयाँका दरले बचत गर्ने कार्यविधिमा उल्लेख छ ।

गाउँपालिकाले १० वर्षसम्म र अभिभावकले २० वर्षसम्म मासिक रूपमा खातामा जम्मा गर्ने पैसा छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

बालिका १० वर्षदेखि २० वर्ष नपुग्दासम्म उनका अभिभावकले आफ्नो आम्दानीको ५ प्रतिशत रकम सो खातामा अनिवार्य रूपमा जम्मा गरिदिनुपर्ने प्रावधान राखिएको छ ।

बालिकाको खातामा जम्मा हुने रकम २० वर्षअघि शिक्षालगायत अत्यावश्यक कार्यका लागि निकाल्नुपरेमा गाउँपालिकाको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

सर्त पालना नगरे खातामा अभिभावकले जम्मा गरेको पैसासमेत गाउँपालिकाले नै फिर्ता लिने जनाइएको छ । (नयाँ पत्रिका बाट)

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १३:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...