back
NMB ad

१० विधामा आईसीटी अवार्ड वितरण

Kumari bank ad

काठमाडौं । १० विधामा चौथो संस्करणको आईसीटी अवार्ड २०१९ वितरण गरिएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आईसीटीको आयोजनामा अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिएको हो ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य विशिष्ट अतिथिले सम्मान गरेका थिए ।

१० विधाअन्तर्गत स्टार्टअप आईसीटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भएको थियो । प्रडक्ट आईसीटी अवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले प्राप्त गरेको थियो । राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले हासिल गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको आईसीटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुनलाई वितरण गरिएको हो । त्यस्तै, आईसीटी आन्टर प्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाललाई वितरण गरिएको थियो ।

विदेशमा रहेर पनि नेपालको आईटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आईसीटी अवार्ड प्रसिद्ध एआई कम्पनी फ्युज मेसिनका संस्थापक डा. समिर मास्केले प्राप्त गरेका छन् ।

आईसीटी अवार्डअन्तर्गत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालयलाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ ।

त्यसैगरी, सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्याकंन गर्दै नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेसन आईसीटी अवार्ड वितरण गरिएको थियो ।

सञ्चारकर्मी विजय तिमिल्सनालाई मिडिया पर्सन आईसीटी अवार्ड वितरण गरिएको थियो । १९ प्रडक्ट तथा स्टार्टअपमध्ये किताब यात्रा प्रालिले पब्लिक च्वाइस अवार्ड–२०१९ प्राप्त गरेको छ ।

कार्यक्रममा स्व. कर्मठ डंगोललाई आईसीटी मरणोपरान्त सम्मान दिइएको थियो ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १२:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...