back
NMB ad

स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट

Kumari bank ad

काठमाण्डौं । संविधानको व्यवस्था विपरित स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता लोकेन्द्रबहादुर ओलीले संविधान विपरित प्रदेशहरूले बनाएको कानुनका आधारमा स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएकाले यो व्यवस्थाको खारेजीका लागि आइतबार रिट निवेदन दिएका हुन ।

संविधानको धारा २२०(८) र धारा २२७ ले स्थानीय तहका पदाधिकारी र सदस्यका लागि सुविधाको मात्रै व्यवस्था गरिएकोले तलब सुविधासम्बन्धी कानुन खारेज गर्न माग गर्दै रिट हालेको अधिवक्ता ओलीले  बताए।

प्रदेश २, ३, गण्डकी,प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशले कानुन बनाएर जनप्रतिनिधिले तलब सुविधा लिन सक्ने प्रावधान राखेका छन्। प्रदेश १ ले भने यस्तो कानुन बनाएको छैन। संविधानको व्यवस्थाअनुसार सीमित भत्ता र सुविधामात्रै लिन पाउने गरी कानुन बनाउन परामादेश जारी गर्नु पर्ने माग आफूले गरेको अधिवक्ता ओलीले बताए।

ओलीले दिएको रिट निवेदनमा ६ वटा प्रदेशका प्रदेशसभा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई विपक्षी बनाएका छन्।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुनेछ।   स्रोतः सेतोपाटि

 

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १७:०५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...