back
NMB ad

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

Kumari bank ad

परासी । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन ।

पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उहाँले बताउनुभयो ।

“यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ, एउटै घरका चाररपाँच जना नै ग्रसित भएको पनि देखिएको छ”, डा अग्रहरिले भन्नुभयो ।

उहाँका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमीलगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन ।

ज्वरो आउने, चिसो लाग्ने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्ष्ण देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न तथा प्रशस्त पानी पिउन, आराम गर्न, रोगीले प्रयोग गरेका रुमाललगायतका वस्तु प्रयोग नगर्न तथा नछुन, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा अग्रहरिको सुझाव छ । -रासस

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०९:५५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...