back
NMB ad

मेलम्ची खानेपानीको बाँकी काम डेढ अर्बमा चिनियाँ कम्पनीलाई

Kumari bank ad

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ ।

आयोजना प्रमुख सूर्यराज कँडेलले बाँकी काम सम्पन्न गर्न सिनो हाइड्रोलाई १ अर्ब ६५ करोड रुपैयाँमा ठेक्का दिने तय भएको जानकारी दिनुभयो ।

ऋणदाता एसियाली विकास बैक (एडीबी) बाट स्वीकृत पाएपश्चात मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टी सहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन सिनो हाइड्रोलाई पत्र पठाएको छ ।

इटालियन ठेकेदार सिएमसी ठेक्का पाएर बीचमै अधुरै काम छाडेर भागेपछि बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आव्हान गरेर सिनो हाइड्रोलाई छनौट गरिएको हो ।

सिनो हाइड्रोलेले अब बाँध (हेडवक्र्स) र सुरुङ (टनेल) फिनिसिङको जिम्मा पाएको हो । विभिन्न जलविद्युत आयोजनाहरुको निर्माणमा संलग्न रहेको उक्त कम्पनी अनुभवी समेत हो ।

वोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरेर एक महिनाभित्र ठेकदार कम्पनीले काम सुरु गरिसक्नुपर्छ । तामाकोशी हाईड्रोपावरको काम सकेर मेसिनरी र जनशक्ति सहित तयार अवस्थामा रहेकाले दशैं अघि नै काम सुरु गर्ने तयारी सिनोले गरेको छ ।

यसअघि अनुमानित भन्दा २९ प्रतिशत कम (९० करोड) लागतमा बाँध र १५ प्रतिशत कम लागतमा सुरुङ निर्माण (७५ करोड) सम्पन्न गर्ने गरी कबोल गरेको सिनो हाइड्रोलाई आयोजनाको मुल्यांकन समितिले उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो ।

१२ अगष्टमा एडीबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो । आयोजनाले १३ अगष्टमा निर्माण व्यवसायी छनोटमा चित्त नबुझेमा सात दिन उजुरी गर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो । सोमबारसम्म कुनै उजुरी नपरेपछि आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि बोलाएको हो।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...