back
NMB ad

अमेरिमा २०२१ मा आर्थिक मन्दी

Kumari bank ad

वासिङटन। अमेरिकी अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरूका कारण सन् २०२१ को अन्त्यसम्म आर्थिक मन्दी हुने अनुमान गरेका छन ।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ ।

गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए । सर्वेक्षणमा २ प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए । करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन २०२० मै शुरु हुने बताएका छन ।

बैंक अफ अमेरिका मेरिल लिन्चको सर्वेक्षणले यस्तो जानकारी दिएको हो। उक्त सर्वेक्षणमा ५ खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको व्यवस्थापन गर्दै आएका संस्थाका प्रमुख समेटिएका थिए ।

अर्थशास्त्रीहरूले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन ।

राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरूबाट भित्रिने सामानमा कर बढाएका छन्। उनले चीन, यूरोपेली मुलुकहरू, मेक्सिको र क्यानडाबाट आउने सामानमा कर बढाएका छन ।

अमेरिकी अधिकारीहरूले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन । यसबाट अमेरिकी व्यापारिक साझेदार मुलुक पनि असन्तुष्ट भएका छन्। उनीहरूले प्रतिशोध स्वरूप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन ।

विश्वका सर्वा्धिक ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबीचको व्यापारमा नाटकीय रूपमा कमी आएको छ। राष्ट्रपति ट्रम्पले करिब ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गरेको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन ।

सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन्। करिब ५ प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन ।

६४ प्रतिशत अर्थशास्त्रीले सम्झौताको नाटक मात्र हुने बताएका छन । करिब एक तिहाइले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन ।

सर्वेक्षणमा कर्पोरेशन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थ्विज्ञका धारणा समेटिएको छ। यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १५:३१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...