back
NMB ad

मुस्लिम समुदायलाई हलाल खानाको व्यवस्था सहित संसद् भवनमा चमेना गृह

Kumari bank ad

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ । करीब छ महिना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई हस्तान्तरण गरियो ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेना गृहको उद्घाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका बेला इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेर समयमै काम सम्पन्न हुन्छ भन्ने सन्देश चमेना गृहले दिएको बताउनुभयो ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय एवं सहकार्यले समयमै काम सम्पन्न भएको जानकारी दिनुभयो ।

सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ/कुँवर जेभी निर्माणलाई दुई करोड ७८ लाखमा चेमना गृहको निर्माणका लागि ठेक्का दिएको थियो । ठेक्काअनुसार छ महिना अवधि भदौ ८ गते पूरा हुँदै थियो ।

करिब १० हजार ५५७ वर्गफिट क्षेत्रफलमा निर्माण भएको चमेना गृहमा १८६ जनासम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।

मुस्लिम समुदायका लागिसमेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छा घरको व्यवस्था चमेना गृहमा गरिएको छ । गृहमा भान्छा हल, भण्डार कक्षका साथै अति विशिष्ट व्यक्तिका लागि छुट्टै भोजन कक्षको समेत व्यवस्था गरिएको छ । -रासस

२०७६ भदौ ५ गते प्रकाशित  

 

वि.सं.२०७६ भदौ ५ बिहीवार १४:४५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...