back
NMB ad

सुरुङमार्गको अध्ययन गर्न साढे ५८ करोड

Kumari bank ad

काठमाडौं । मुलुकभर ११ ठाउँमा बन्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि चालू आर्थिक वर्षमा ५८ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

११ मध्ये पाँच ठाउँको डीपीआर र ६ ठाउँको सम्भाव्यता अध्ययन गरिने सडक विभागले बताएको छ । बुटवल–पाल्पा सडक खण्डमा बन्ने सिद्धबाबा सुरुङमार्गको डीपीआर तयार गरी खरीद प्रक्रियासमेत अघि बढाउने योजना छ । वर्षेनी पहिरोका कारण उच्च जोखिममा रहेको सिद्धबाबा सुक्खा पहिरोको समेत जोखिममा रहेको क्षेत्र हो ।

डीपीआर बन्ने अन्य सुरुङमार्गमा कोटेश्वर–जडीबुटी खण्ड, टोखा–छहरे–गुर्जे भन्ज्याङ खण्ड, नारायणगढ–दाउन्ने खण्ड र बीपी लोकमार्गको खुर्काेट–चियाबारी खण्ड रहेको विभागले जानकारी दिएको छ ।

सम्भाव्यता अध्ययन गरिने ६ सुरुङमार्गमा बिपीनगर–खुटिया–दिपायल, गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ, गोदावारी कुण्ड–काभ्रे मानेचौर, कुलेखानी–भीमफेदी, पोखरा–बाग्लुङ हेम्जा (नयाँपुल) लामाबगर र नारायणगढ–बुटवल दाउन्ने खण्ड रहेका छन् । आर्थिक अभियानमा समाचार छ ।

विभागले वार्षिक कार्यक्रममा नयाँ बानेश्वरमा अन्डरपास वे निर्माण गर्न ४ करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।विभागका सिनियर डिभिजनल इन्जिनीयर अर्जुन सुवालले टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन सकेर डीपीआर बनाउने तयारी शुरू गरिने बताउनुभयो ।

यस्तै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको प्रक्रिया चालू आवमा नै शुरू गरिने विभागले बताएको छ । २०२२ सम्ममा बनाइसक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गका लागि जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ ।

यातायात सेवालाई भरपर्दाे बनाउने र खासगरी लामो दूरी छोट्याएर कम दूरीमै गन्तव्यमा र्पुयाउने उद्देश्यले उक्त ठाउँमा सुरुङमार्ग बनाइन लागेको विभागले बताएको छ ।

यसैगरी विभागले काठमाडौंका कोटेश्वर, जडीबुटी, बानेश्वर, गौशाला, चाबहिल, थापाथली र कालिमाटी चोकमा फ्लाई ओभर वा सब–वे बनाउने भएको छ । सुवालका अनुसार यी स्थानमा दुईमध्ये जे उपयुक्त हुन्छ, त्यो संरचना बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । (आर्थिक अभियानबाट)

२०७६ भदौ ८ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:२७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...