back
NMB ad

७.५% बोनस प्रस्ताव सहित नेपाल इन्सुरेन्सको आज एजीएम

Kumari bank ad

काठमाडौं । नेपाल इन्सुरेन्सको ७० औं वार्षिक साधारण सभा आइतबार (भदौ ८ गते) एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ ।

सभामा कम्पनीले लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । तर बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ ।

आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
असार मसान्त सम्ममा यसको चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८ करोड ५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७२ पैसा (वार्षिक) रहको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६४ रुपैयाँ २७ पैसा छ ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १०:१५ मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...