back
NMB ad

सेनाको छ अर्ब बेरुजु फछ्र्योट

Kumari bank ad

काठमाडौँ ।  नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

नेपाली सेनाको नाममा कायम भएको कूल नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

आव २०७५/७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उहाँले बताउनुभयो ।

नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ ।

सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ ।

पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।-रासस

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...