back
NMB ad

देशभर विस्तार हुँदै प्राविधिक शिक्षालय

Kumari bank ad

काठमाण्डौं । प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइको विषय बनिरहेका बेला यहाँ प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय तथा कलेज बढिरहेका छन् । पछिल्लो समय मात्रै दर्जर्नौ विद्यालयले कक्षा १२ सम्म विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेका छन् ।

सुनकुडामा रहेको सुनकुडा माध्यमिक विद्यालयले कम्युटर शिक्षा प्रदान गरिरहेको छ । त्यस्तै शिक्षोदय माध्यमिक विद्यालय बाग्थालाले कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर इञ्जिनीयरिङ् (आईटी) अध्यापन गराइरहेको छ । चौधारी माध्यमिक विद्यालय जुजीले आइएस्सी एजी, थलारा माध्यमिक विद्यालय थलाराले सिभिल इञ्जिनीयरिङ, सुनिपिपल चौर माध्यमिक विद्यालय सुवेडाले कृषि शिक्षा प्रदान गरिरहेको छ ।

त्यस्तै भोपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालयले आइएस्सी एजी र कृषि शिक्षा, कुल मष्टजन माध्यमिक विद्यालय भातेखोलाले कृषि विज्ञान अध्यापन गराइरहेको छ । यता बुङ्गलको सरस्वती माध्यमिक विद्यालय बिजगडामा कम्प्युटर शिक्षा, बान्नीचौर माध्यमिक विद्यालय बान्नीचौरमा सिभिल इञ्जिनीयरिङ पठनपाठन भइरहेको छ । यस्तै दुर्गा भवानी माध्यमिक विद्यालय तल्कोटमा पशुविज्ञान र जालपा माध्यमिक विद्यालय देवलमा आइएस्सी एजी र कृषि जेटिए तथा भेटनरी जेटिए पठनपाठन हुँदै आएको छ ।

दक्ष शिक्षकसँगै प्रयोगशाला, पुस्तकालयलगायत अभावले गुणस्तरीय शिक्षा दिनमा भने निकै चुनौती रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक वसन्त सिंहको भनाइ छ । चुनौतीका बाबजुत पनि विद्यार्थीको रोजाइअनुसार विद्यालयले प्राप्त गरेका कोटामा राम्रो पठनपाठन भइरहेको प्राविधिक सहायक सिंहले बताउनुभयो ।

जिल्लामा प्राविधिक धारका यति धेरै विषय पठनपाठन हुँदा पनि विद्यार्थी गुणस्तरीय शिक्षा पाइन्छ भन्नेमा विश्वस्त नरहेका सत्यवादी माद्यामिक विद्यालयका शिक्षक शेरबहादुर ओलीले बताउनुभयो ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...