back
NMB ad

त्रिपालमुनि पढ्न बाध्य छन् यहाँका विद्यार्थी

Kumari bank ad

काठमाण्डौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् ।

हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले बताउनुभयो । उहाँका अनुसार गाउँमा आएको पहिराका कारण विद्यालयको पठनपाठन नै ठप्प बनेपछि स्थानीयवासी अभिभावकको सल्लाहमा त्रिपालमुनि अध्यापन गराउन थालिएको बताइएको छ ।

गत साउनदेखि विद्यालयको पठनपाठन कार्य रोकिएपछि नगरपालिकाले प्रदान गरेको पाँच त्रिपालको सहयोगमा खुलाचौरमै पढाउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक भीमबहादुर थापाको भनाइ छ । पहिराले विद्यालयको भवनमा क्षति पु¥याएको र गाउँको बस्तीसमेत जोखिममा परेपछि केही समयका लागि खुलाचौरमा पढाइ सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।

खुलाचौर र त्रिपालमुनि पठनपाठन शुरु गरिएसँगै विद्यार्थीको शतप्रतिशत उपस्थिति रहेको बताइएको छ । तर, हाल उक्त स्थानमा शौचालय र खोनपानीको अभावले विद्यार्थीको पठनपाठनमा समस्या पर्ने देखिएको छ । पहिराले हम्पागाउँका १०० बढी घर जोखिममा परेका छन् । त्यस्तै नौ घर पूर्णरुपमा क्षति भएका वडाध्यक्ष विनोद पुनको भनाइ छ । गत साउन १७ गते आएको पहिरोले स्थानीयवासी ४५ वर्षीया बिर्मी नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...