back
NMB ad

सरकारले गर्यो युट्युबरलाई खतराको संकेत, यस्तो आउदै छ नियमन र अनुगमन विधेयक

Kumari bank ad

काठमाडौं । युट्युब च्यानलहरूले बिकृति फैलाएको आरोप लागिरहेका बेला सरकारले नियमन गर्ने घोषणा गरेको छ ।

युट्युब च्यानलहरूमा देखाइने सामाग्रीहरूलाई नियमन र अनुगमन गर्ने गरेर विधेयक ल्याउन लागेको सरकारका प्रवक्ता एवम सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउनुभएको छ ।

उहाँले कानून र करको दायराभित्र रहेर युट्युबहरू चल्नुपर्ने चेतावनी दिनुभयो ।‘युट्युबमा छाडा विषयवस्तु र सामाग्रीहरू राख्ने गरिएको छ । यसलाई नियमन गर्ने नै हो’, उहाँले भन्नुभयो, ‘अर्को आमसञ्चार विधेयक आउँछ । त्यसले युट्युबहरूलाई कानून र नियमभित्र राख्छ ।’

‘युट्युबहरू दर्ता भएर कम्पनीका रुपमा आउनुपर्छ । उनीहरूका लागि कानून आउँदै छ’, उहाँले भन्नुभयो, ‘समाजलाई बिथोल्ने गरेर आउन पाइँदैन । युट्युबहरूले कर तिर्नुपर्छ । कर प्रणालीभित्र आउनुपर्छ ।’

मन्त्री बास्कोटाले पत्रकारहरूलाई आफ्नो दायराभित्र बस्न चेतावनी दिएका भएको छ । उहाँले भट्टी पसलमा बसेर पत्रकारको कार्ड देखाउने र ब्ल्याकमेलिङ गर्ने छुट कसैलाई पनि नरहेको बताउनुभयो ।

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार १३:०८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...