back
NMB ad

सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता सेयर लिलामी भर्न (सोमवार) भोलिसम्म अन्तिम मौका

Kumari bank ad

काठमाडौं । सिभिल बैंकको १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद सोमबार ९भदौ १६ गते० सकिँदैछ । लगानीकर्ताले अब आइतबार र सोमबार गरी जम्मा २ दिन समय पाउनेछन् । बैंकले भदौ २ गतेदेखि ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको हो ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ १७ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा ११ बजे खोलिनेछ ।

असार मसान्तसम्म सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७६ करोड ४ लाख ७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९८ पैसा छ ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...