back
NMB ad

एनआइसी एशिया र प्रभु बैंकलाई एटीएम सेवा सञ्चालन गर्न राष्ट्र बैंकले दियो निर्देशन

Kumari bank ad

काठमाडौं । चाइनिज ह्याकरले विभिन्न ६ बैंकको भिसा कार्ड प्रयोग गरेर साढे ३ करोड रुपैयाँ निकालेपछि गत शनिबार साँझदेखि एनआइसी एशिया र प्रभु बैंकको एटीएम बन्द भएको थियो । अरु बैंकले अन्तर बैंक एटीएम सेवामात्रै बन्द गरे पनि यी दुई बैंकले भने सम्पूर्ण एटीएम सेवा बन्द गरेका थिए ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ९नेप्स० को सिस्टममा जोखिम रहेको भन्दै यी दुई बैंकले एटीएम सेवा सञ्चालनमा ल्याउन सकेका थिएनन् । नेप्से आफूहरुको सिस्टममा समस्या नभएको भन्ने जानकारी राष्ट्र बैंकलाई दिएपछि राष्ट्र बैंकले एनआइसी एशिया र प्रभु बैंकलाई एटीएम सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

‘नेप्सेले हामीलाई सिस्टममा समस्या नरहेको र एटीएम सेवा सञ्चालन गर्न जोखिम नरहेको बताएको छ,’ राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, ‘मैले एनआइसी एशिया र प्रभुलाई एटीएम सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।’

कार्यकारी निर्देशक मिश्रले सोमबार साँझ साढे ५ बजे यस्तो निर्देशन दिएका हुन् । एटीएम सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेको भन्दै राष्ट्र बैंकले सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार १८:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...