back
NMB ad

राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको डेढ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा मुद्धती निक्षेपमा लगानी गने भएको छ ।

त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी राष्ट्र बैंकले असोज १ गतेदेखि एक वर्ष अर्थात ३६५ दिनको मुद्दति निक्षेपमा लगानी गन लागेको हो।

राष्ट्र बैंकले ’क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २६ करोड ८६ लाख रुपैयाँ, ’ख’ वर्गका विकास बैंकहरुमा २३ करोड ७८ लाख रुपैयाँ र ’ग’ वर्गका वित्त कम्पनीहरुमा ७ करोड ९२ लाख रुपैयाँ गरी कूल १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा दिने ब्याजदर समेत खुलाई भदौ १९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कूल कर्जाको पाँच प्रतिशत भन्दा कम भएको जस्ता शर्तहरु पूरा गरेको हुनुपर्नेछ ।

त्यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको अवस्थामा फुकुवा भएको छ महिना अवधि पुरा भएको र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार १२:५१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...