back
NMB ad

धर्म संस्कृति माथि प्रहारः साधु सन्त आउदा बस्ने खाने ठाउँको अभाव !

Kumari bank ad

राजेशचन्द्र राजभण्डारी, बागलुङ । श्री राधाकृष्ण मन्दिर सेवा समितिको छैठो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटनपछि बोल्दै राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक एंवम श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले हाम्रो धर्म संस्कृति माथि प्रहार भएकाले अव चुप लागेर बस्न नमिल्दैन आइ लागे तरबार बोकेर बाहिर निस्कनु पर्ने धारणा राख्नुभयो ।

हाम्रो धर्म संस्कृति सबै नासिए के को लागि हामी के भनेर बस्ने अब त्यस्तो अबस्थामा घर–घर बाट लाठी लिएर आउनु पर्ने उहाँले बताउनुभयो । जुन क्षेत्र न्याय छैन देवालय शिवालय नभएको ठाउँमा कोही पनि बस्न योग्य नहुने धारणा व्यक्त गर्नुभयो ।

अहिले धार्मिक संस्कार र संस्कृतिको अभाव हुदै गइरहेको छ अहिले साधु सन्त आउदा बस्ने खाने ठाउँको समेत अभाव बन्दै गइरहेको उहाँले बताउनुभयो ।

राधाकृष्ण मन्दिर सेवा समितिका सचिव हरिप्रसाद शर्माले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा समाजमा उल्लेख्य योगदान दिएका टीकाराम सापकोटा र सुश्री हरिमाया श्रेष्ठलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्का, सम्मानित ब्यक्तित्व टीकाराम सापकोटा, श्री सत्य साई केन्द्रका अध्यक्ष मनमाया श्रेष्ठ, केशव वझा लगायतका बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले हिन्दू धर्मावलम्बीविच समन्वय गरेर जान नसकेको कारणले पनि हिन्दु धर्म माथि अनेकन प्रहार हुदै गएको हुदा यसलाई रोक्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।

रमेश कुमार राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष लालचन्द्र राजभण्डारीको स्वागत र सचिव हरिप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । समितिको नयाँ नेतृत्व केही समयमा नै चयन गर्ने बताइएको छ ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १७:१८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...