back
NMB ad

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल र सचिवमा विजय बुर्लाकोटी

Kumari bank ad

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङकको कार्यवाहक अध्यक्षमा नेत्रराज पौडेल र कार्यवाहक सचिवमा विजय बुर्लाकोटी चयन हुनुभएको छ ।

आज शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकमा पार्टी अध्यक्ष त्रिपाठीले राख्नुभएको विशेष प्रस्ताव सर्वसम्मतीले पारित गर्दै नेता द्वयलाई कार्यवाहक जिम्मेवारी प्रदान गरिएको हो ।
पार्टी एकताका क्रममा तत्कालिन कार्यदलले पौडेललाई अध्यक्ष र बुर्लाकोटीलाई सचिवमा सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले पुरानैलाई जिम्मेवारी दिनेगरी जिल्ला नेतृत्वको टुंगो लगाएपछि तत्कालिन एमालेका अध्यक्ष त्रिपाठीलाई अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष शालिकराज जमकट्टेललाई सचिवमा मनोनयन गरिएको थियो ।

प्रदेश ३ सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र पार्टी केन्द्रीय सदस्य समेत रहनुभएका जमकट्टेललाई पुनः जिल्ला इञ्चार्ज बनाएपछि रिक्त रहनपुगेको सचिव पदमा पुर्व सहमती र सिफरिस बमोजिम बुर्लाकोटीलाई कार्यवाहक दिन जमकट्टेलले प्रस्ताव गर्नुभएको थियो । एउटैै कमिटीमा गरिएको सिफरिसको कार्यान्वयन एकै प्रकृयाबाट गर्ने भन्दै प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलको उपस्थितिमा माथिल्लो कार्यकारी जिम्मेवारीमा नरहे पनि अध्यक्ष त्रिपाठीले बैठकबाटै पौडेललाई कार्यवाहक दिएर उदारता प्रस्तुत गर्नुभएको छ ।

अध्यक्षले बिना कुनै कारण एक्कासी प्रदेशबाट अनुमोदन गराउने गरी कार्यवाहक जिम्मेवारी दिने प्रस्ताव गर्दा बैठकमा सहभागी सदस्यहरु अचम्मित भएका थिए । अध्यक्ष त्रिपाठीले नेताहरुसंग परामर्श गरेरै आफुले पूर्व सिफारिस बमोजिम जिम्मेवारी सुम्पिएको बताउँदा हलले गडगडाहट ताली बजाएर निर्णय गरेको थियो ।

नेकपा वृत्तमा त्रिपाठीको सो निर्णयले त्यागको भावना र निष्ठाको राजनीतिमा उदाहरण प्रस्तुत भएको चर्चा गरेका छन् । अन्य कार्यकारी जिम्मेवारी विनै आफ्नो कार्यकारी जिम्मेवारी त्याग गर्दै पार्टी भित्रका असल र सक्षम नेतृत्वलाई सुम्पन पाउँदा आफुलाई गर्वानुभुति भएको अध्यक्ष त्रिपाठीले बैठकमा बताउनुभएको बैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले बताउनुभयो । त्रिपाठी संघीय निर्वाचन क्षेत्र नं. १ धादिङबाट प्रतिनिधिसभा सदस्य र नेकपाको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

कार्यवाहक जिम्मेवारी पाउनु भएका पौडेल र बुर्लाकोटी दुवै जना प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । प्रस्तावित अध्यक्ष र सचिवलाई आगामी प्रदेश कमिटीको बैठकले अनुमोदन गरेपछि पूर्ण जिम्मेवारी प्राप्त हुने बताइएको छ ।

२०७६ भदौ २१ गते प्रकाशित

नेकपा धादिङले टुङ्ग्यायो १३ वटै स्थानीय तहको

नेतृत्व (सूचिसहित)

वि.सं.२०७६ भदौ २१ शनिवार २१:४७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...