back
NMB ad

सानिमा बैंकको गैर आवासीय नेपालीहरुका लागिः ‘सानिमा एनआरएन मुद्दती खाता’

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्ने बैंकले जनाएको छ ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशतको उच्चतम ब्याजदर प्राप्त गर्न सकिन्छ ।

सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने बैंकको भनाइ छ ।

२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन ।

यो खाता खोल्न सानिमा बैंकको नजिकैको शाखा वा सानिमा बैंकको वेवसाईट www.sanimabank.com मा log in गरि अनलाईनबाटै आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हाल सालै खिचिएको फोटो बैंकलाई बुझाउनुपर्ने छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन ।

बैंकको २०७६ असार मसान्तसम्मको पुँजीकोष १३.१९ प्रतिशत, निष्कृय कर्जा ०.०८ प्रतिशत र तरलता अनुपात २२.८७ प्रतिशत रहेको बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौलले जानकारी जानकारी दिनुभयो ।

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार १७:४४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...