back
NMB ad

रवि लामिछाने फेरि थुनामा !

Kumari bank ad

काठमाडौं । उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा भोलि भदौ २६ गते सुनुवाई हुुने जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त रिट माथि मंगलबार भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो । यो विषयमा भोलि भदौ २६ गते सुनुवाई हुने उहाँले बताउनुभयो ।

यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस्  रवि लामिछानेविरुद्धको निवेदनको सुनुवाई सकियो, अव के हुन्छ ?

लामिछाने र कँडेलको निवेदनमा भएको सुनुवाइमा जिल्ला अदालत चितवनसँग भएको मुद्दासँग सम्वन्धित सक्कल मिसिल कागजात मगाउन उच्च अदालत पाटन हेटौंडा इजलासले भदौ १८ गते निर्देशन दिएको थियो ।

उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश टेकराज नेपालकै एकल इजलासले चितवन जिल्ला अदालतबाट सम्पूर्ण विवरण खुलाई आदेशसँग सम्वन्धित सक्कल मिसिल कागजात समेत साथै राखी प्रतिवेदन माग्नु भन्ने आदेश दिएका थिए । चितवन जिल्ला अदालतबाट सबै कागजात र प्रतिवेदन आइसकेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

 यो पनि पढ्नुहोस्  रविसहित तीनै जनालाई पुर्पक्षका लागि हिरासतमा राखेरै अनुसन्धान गर्न माग गर्दै सरकारी वकिल पुगे उच्च अदालत 

निवेदनको पक्षमा फैसला भए रवि लामिछाने पुर्पक्षका लागि थुनामा जानसक्छन । त्यस अवस्थामा उनी चितवन जिल्ला कारागारमा बन्दी बन्ने अवस्था हुनसक्छ । रविको पक्षमा फैसला भए जिल्ला अदालतको आदेश कायमै भएर उनी अहिले जस्तै बाहिर सक्रिय रहेर काम गर्न सक्छन ।

तर, मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनले मुद्दासँग सम्बन्धित विषयमा बोल्न नपाउने आदेश पालना गर्नुपर्ने हुन्छ ।

२०७६ भदौ २५ गते प्रकाशित

वि.सं.२०७६ भदौ २५ बुधवार ०७:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...