back
NMB ad

चुनावमा होमियो नेकपाः दल दर्ताको जिम्मा महासचिव पौडललाई

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनमा दल दर्ता गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ । नेकपाको बुधबार बसेको सचिवालय बैठकले दल दर्ताको जिम्मा महासचिव पौडेललाई दिएको हो ।

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको लागि भदौ मसान्तसम्म म्याद दिएको छ ।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान थियो ।

२०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीले भने दल दर्ता गर्नु नपर्ने भएता पनि नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणबाट पछि बनेको हुनाले पुन दर्ता गर्नु पर्ने भएको हो ।

दल दर्ताका लागि राजनीतिक दलले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्नेछ । दर्ता गर्दा राजनीतिक पार्टीले आफ्नो विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिन्ह पनि निवेदनसँगै पेश गर्नुपर्नेछ ।

२०७६ भदौ २५ गते प्रकाशित

वि.सं.२०७६ भदौ २५ बुधवार १८:२९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...