back
NMB ad

वाइसीएल–युवा संघ एकताः यस्तो छ समीकरण (विज्ञप्ती सहित)

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो संगठनात्मक एकता पक्रिया अगाडि बढाएको छ ।

भदौ २५ गते बसेको संगठनको बैठकले संगठनमा ३३५ जना सदस्यको केन्द्रीय समिति बनाउनका लागि पार्टीसँग अनुमति मागेको हो ।

तत्कालीन माआवादी केन्द्र निकट वाइसियल र नेकपा एमाले निकट युवा संघ नेपालको एकताबाट राष्ट्रिय युवा संघ नेपाल गठन भएको थियो ।

संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेलको उपस्थितिमा भएको उक्त बैठकले केन्द्रीय कार्यालय पेरिशडाँडामा राख्नेसमेत निर्णय गरेको छ ।

३३५ जना केन्द्रीय सदस्यमध्ये तत्कालीन युवा संघबाट १७६ र वाइसियलबाट १५५ चयन गरिने संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

७ प्रदेशमध्ये ३ प्रदेशमा वाइसिएल र ४ प्रदेशमा युवा संघ नेपालले संगठनात्मक जिम्मेवारी लिनेसमेत बैठकले निर्णय गरेको छ । त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा संघ र ३५ जिल्लामा वाइसिएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने विज्ञाप्तिमा उल्लेख छ ।

‘एकता प्रक्रियालाई शिघ्र टुंग्याउन यही भदौ २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ, सँगै चयन हुने केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्नेछ’, युवा संघद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...