back
NMB ad

सहकारी अभियानले महिलाहरू उद्यमी भएः मन्त्री अर्याल

Kumari bank ad

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माभकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेलेको बताउनुभएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभालाई आज (विहिबार) बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियानको प्रसंशा गर्नुभयो ।

’सहकारी अभियानले गाउँगाउँमा जागरण ल्याउन ठूलो योगदान दिएको छ । अझ महिलाहरूलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ’, मन्त्री अर्यालले भन्नुभयो, ’हिजो परनिर्भर बनेका महिलाहरु आज सहकारीका माध्यमबाट सामाजिक र आर्थिक विकास गर्दै उद्यमी बनेका छन ।’

मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने दाबी गर्नुभयो । राज्यले संविधानमा नै आर्थिक विकासको तिन खम्बे अर्थनीतिमा सहकारीलाई उल्लेख गरेको भन्दै सहकारी क्षेत्रमार्फत सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न योगदान दिनुपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने भन्दै उहाँले बढी भन्दा बढी सहकारीलाई ब्यवसायिक बनाउने, उत्पादनमा लगाउनेतर्फ लाग्न जोड दिनुभयो ।

अब सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने भन्दै सबै मिलेर एकैपटक अगाडी बढ्नुपर्ने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ’समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्य पूरा गर्न सहकारी क्षेत्रको महत्त्वपूर्ण योगदान दिनुपर्छ ।’

२०७६ भदौ २७ गते प्रकाशित

वि.सं.२०७६ भदौ २७ शुक्रवार ०८:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...