back
NMB ad

अब सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने, कति पाउने भएत श्रष्टाले ?

Kumari bank ad

खोटाङ । सार्वजनिक सवारी साधनमा बजाइने गीतरसंगीतको रोयल्टी सम्बन्धित श्रष्टाले पाउने व्यवस्थासहितको विधेयक १ नम्बर प्रदेश सरकारले पास गरेको छ ।

प्रदेश सरकारबाट बिहीबार संशोधनसहित पारित गरिएको सार्वजनिक सवारी तथा यातायात व्यवस्था गर्न बनेको विद्येयकमा हरेक सवारी साधनमा बजाइने गीत/संगीतको रोयल्टी सम्बन्धित श्रष्टाले पाउने व्यवस्था समेत समावेश गरिएको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो ।

कुल १८१ दफा रहेको विद्येयकमा ‘सार्वजनिक सवारी साधनहरुले तोकिए बमोजिम संगीत रोयल्टी दस्तुर बुझाउनु पर्ने छ’ भन्ने दफा थप गरिएको छ ।

‘प्रदेशमा सार्वजनिक सवारी साधनमा बजाइने गीत/संगीतको रोयल्टी दस्तुर बुझाउनका लागि बाटो खुलेको छ,’ प्रदेशसभा सदस्य राईले भन्नुभयो, ‘अहिलेलाई यो ऐनका रुपमा समावेश भएको छ ।

पछि नियमावलीका रुपमा आउँछ। अब कला, साहित्य र संगीतमा लाग्ने श्रष्टाहरुको सुदिन आउने कुरामा म बिश्वस्त छ ।’ गीत/संगीत लगायतका बौद्धिक श्रष्टाको श्रम शोषण भइरहेको भन्दै प्रदेशसभा सदस्य राईले प्रदेश संसदमा रोयल्टी दस्तुरको आवाज उठाउँदै आउनुभएको थियो ।

सवारी साधनमा गीत/संगीत बजाए वापतको रोयल्टी नेपाली श्रष्टालाई दिने व्यवस्थाका लागि १ नम्बर प्रदेश सरकारले ऐतिहासिक कदम चालेको प्रदेशसभा सदस्य राईले बताउनुभयो ।

‘गीतरसंगीतको रोयल्टी पाउनु श्रष्टाको अधिकार हो, माग होइन,’ राईले भन्नुभयोे, ‘यसका लागि सरकारले बौद्धिक समुदायको स्यावाबासी पाउनेगरी योगदान दिन आवश्यक छ ।’-नागरिक दैनिकबाट

२०७६ भदौ २७ गते प्रकाशित

वि.सं.२०७६ भदौ २७ शुक्रवार १५:०१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...