back
NMB ad

नक्कली कम्पनीमार्फत बैंककै सहयोगमा सम्पत्ति शुद्धीकरण भइरहेको खुलासा !

Kumari bank ad

काठमाडौं । अवैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानबिन गरेको हो । नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैंकमार्फत भारत र्पुयाइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेस्ट बैंक र नेपाल एसबिआई बैंकबाट २६ करोड रुपैयाँ अवैध रूपमा भारत र्पुयाएका हुन । ती व्यापारीले बैंकका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ ।

टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत र्पुयाइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटकपटक गरेर भारतीय बैंकमा रहेको आफ्नो खातामा पैसा लगेका हुन ।

‘अनुसन्धान गर्दा उनको नेपालमा कुनै पनि कम्पनी देखिएन,’ विभागका एक अधिकारीले भने, ‘नक्कली कागजपत्रकै आधारमा ठूलो रकम भारत लगेको देखिएको छ । यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ ।’ अवैध रूपमा नेपालबाट भारतमा पैसा लैजाने भारतीय नागरिक फरार भइसकेका छन ।

विभागले सो प्रकरणमा संलग्न एभरेस्ट र एसबिआई बैंकका कर्मचारीसँग बयानसमेत लिइसकेको छ । ती कर्मचारी र भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विभागले एक साताभित्रै मुद्दा दायरको तयारी गरेको छ ।

कम्पनीको आधिकारिकता तथा आम्दानीको स्रोतजस्ता विषयको अध्ययन नै नगरी बैंकका कर्मचारीले टिटीमार्फत करोडौँ रकम शुद्धीकरणमा सघाएका विभागको दाबी छ ।

यसरी बैंकमार्फत नै सम्पत्ति शुद्धीकरणमा गरिएको घटना नेपालमा पहिलोपटक खुलेको हो । एउटा घटनाको अनुसन्धान टुंगिएको र यस्ता धेरै घटना भएको हुन सक्ने विभागका अधिकारीहरू बताउँछन।

टिटीमार्फत बाहिरिएका ठूलो कारोबारको विवरण मगाएर विभागले छानबिन थालेको छ । जसमा अन्य बैंक पनि पर्न सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन ।

नेपालबाट विदेश पठाउने माध्यम लेटर अफ क्रेडिट (एलसी), टेलेक्स ट्रान्सफर र डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डी/पी) तथा डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डी/ए) हुन । विदेशबाट सामान आयातका लागि एलसी खोलेर पैसा पठाइन्छ । यस्तो कारोबारमा बैंक नै ग्यारेन्टी बस्छ ।

बैंक ग्यारेन्टी नबसी टिटीमार्फत पनि विदेश पैसा पठाउन सकिन्छ । जुन माध्यमबाट एकपटकमा अधिकतम ३० हजार डलरसम्म मात्र पठाउन मिल्छ । यिनै दुई माध्यमबाट नेपालबाट विदेशमा पैसा पठाइन्छ । नेपालमा डी/ए र डी/पीको प्रयोग निकै कम हुने गरेको छ ।

जसमध्ये टिटी माध्यमको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण भइरहेको खुलेपछि विभागले यसबारे राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । राष्ट्र बैंकले समेत यसबारे बैंकहरूलाई परिपत्र गरिसकेको छ ।

लाभांश लैजाने नाममा पनि सम्पत्ति शुद्धीकरण भइरहेको विभागको आशंका छ । ठूलो रकम लाभांश विदेश लैजान पनि राष्ट्र बैंकको स्वीकृति चाहिने प्रावधान छ ।

नेपालमा काम गर्ने विदेशी नागरिकले महिनामा बढीमा तीन हजार तथा वर्षमा ३६ हजार टिटीमार्फत विदेश पैसा पठाउन सक्छन । त्यसभन्दा बढी पठाउनुपरे राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ ।

बैंकमार्फत नै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी तथा कारोबारको जोखिम भएपछि गत साता मात्र नेपाल राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गर्न निर्देशन दिएको छ ।एकीकृत निर्दे्शिका संशोधन गरी यस्तो प्रावधान लागू गरिएको हो । -नयाँ पत्रिकाबाट साभार

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार ०८:३८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...