back
NMB ad

शेयर बजारमा गएको पहिरो सोमबार पनि थामिएन, एक सातामा ४६ अंक तल

Kumari bank ad

काठमाडौँ। एक सातादेखि शेयर बजारमा गएको पहिरो सोमबार पनि थामिएन । दैनिक घटिरहेको शेयर बजारमा सोमबार थप १६.१८ अङ्कको पहिरो गएको छ । बजार पुन ६ महिना अघि फर्किएको छ ।

सोमबार बजार ११२३.८३ अंकमा ओर्लिएको छ । गत फागुन २५ गते बजार १२७४.७७ अंकमा रहेको थियो । त्यसयता बजारले १५१ अङ्क गुमाइसकेको छ ।

फागुन २५ यता बजार केही समय बढ्दो क्रममा रहेको भएपनि त्यस वृद्धि टिकाउ नहुँदा बजार लगातार घट्दो क्रममा देखिएको हो ।

चालु आर्थिक वर्ष लागेदेखि लगानीकर्ताको मनोबल घट्दो क्रममा देखिएको छ । कर र अन्य आर्थिक क्षेत्रमा देखिएका समस्याले लगानीकर्ताको मनोबल घटाउँदै लगेका कारण शेयर बजार थप धरापमा पर्दै गएको छ।

गत साउनयता बजारले ९१ अङ्क गुमाएको छ भने गएको आठ कारोबार दिनमा बजारले करिब ४६ अङ्क गुमाएको छ । सोमबार १६९ कम्पनीका १२ लाख ४८ हजार कित्ता शेयर कारोबार भयो ।

करिब ३५ करोड रुपैयाँको शेयर कारोबार हुँदा छिमेक वित्तीय संस्थाको सबैभन्दा बढि शेयर कारोबार भयो । उसको मात्रै एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सोमबार १२ समूहको शेयर कारोबार भयो । जसमा ट्रेडिङ् बाहेक सबै उपसूचक घटेका छन । ट्रेडिङ् समूह २.२९ प्रतिशतले बढेको छ । सबैभन्दाबढी जीवन बिमा समूह २.५९ प्रतिशतले घटेको छ ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...