back
NMB ad

बैंकले जोडी नपाएकै हुन त ? यस्ता छन १८ बैंकले बुझाएका मर्जर प्रगति

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैङ्कमा मर्जरको प्रगति विवरण बुझाउने बैङ्कहरुको सङ्ख्या १८ पुगेको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई मर्जरको प्रगति विवरण गत भदौ २५ गतेसम्म बुझाउन समय दिएको थियो ।

तर, निर्धारित समयसम्म सबै वाणिज्य बैङ्कहरुले मर्जरको प्रगति विवरण बुझाएका छैनन । नेपाल बैङ्क, नबिल बैङ्क, हिमालयन बैङ्क, माछापुच्छ्रे बैङ्क, कुमारी, लक्ष्मी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम, सनराइज, एनएमबीलगायतका १८ ओटा बैङ्कले मर्जरको प्रगति विवरण बुझाएको राष्ट्र बैंकले जनाएको छ ।

प्रगति विवरण नबुझाउने बैङ्कलाई पनि तुरुन्तै विवरण बुझाउन बैंक निर्देशन दिइएको छ । बैङ्कहरुले मर्जरको प्रगति बुझाए पनि वास्तवमा प्रगति भने भएको देखिँदैन ।

राष्ट्र बैङ्कमा जति पनि बैङ्कले मर्जरको प्रगति विवरण बुझाएका छन, ती विवरणमा कुनै पनि बैङ्कले आफ्नो जोडी खोजेर मर्जरका लागि छलफल गरेको भन्ने उल्लेख छैन ।

मौद्रिक नीतिअघि मर्जरको प्रतिबद्धता बुझाउँदा मर्जरमा जान तयार रहेको भन्ने मात्रै प्रतिबद्धता बुझाएका थिए । प्रतिबद्धता बुझाउँदा मर्जरमा जाने जोडी भने खोजिसकेका थिएनन । त्यसैगरी, प्रगति विवरणमा पनि मर्जरको कुनै प्रगति भएको देखिँदैन ।

मौद्रिक नीतिअघि २२ ओटा बैङ्कले मात्रै मर्जर प्रतिबद्धता बुझाएका थिए । मौद्रिक नीतिमा बिग मर्जर नआएपछि राष्ट्र बैङ्कले मर्जरको प्रगति कति भयो भनेर बैङ्कलाई पुनःविवरण बुझाउन भनेको थियो ।

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०९:५६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...