back
NMB ad

बागलुङमा संविधान दिवसको रौनक, बाजागाजा र भजन कृतनसहित यसरी मनाइयो

Kumari bank ad

राजेशचन्द्र राजभण्डारी, बागलुङ । संविधान भनेको स्थायी हैन यसलाई समय र जनताको भावना अनुसार परिवर्तन गरेर जानुपर्ने बागलुङमा आयोजित संविधान दिवस कार्यक्रममा बक्ताहरूले धारणा व्यक्त गरेका छन ।

अहिले देशमा तीन तहको सरकार गठन भए पनि स्थानीय तहमा जुन रूपमा जनताले सेवा सुबिधा पाउनुपर्ने हो त्यो अहिलेसम्म पाउन नसकेको हुदा अझै स्थानीय तहलाई थप शक्तिशाली बनाउनु पर्ने बताएका थिए ।

अहिले बनेको संविधान नेपाली जनताको त्याग र बलिदान बाट आएको हँदा यसलाई संस्थागत बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए ।

सोही अवसरमा पुर्व राज्यमन्त्री चम्पादेबी खड्का, संविधान सभाका पुर्व सभासद प्रकाश पौडेल , नरबहादुर थापा, पुर्व सांसद बलावती शर्मा, प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटा, कोपीला बोहरा, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का कृष्ण पाठक, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एंवम अधिबक्ता ममता देवी शर्मा, नेपाली कांग्रेसका सभापति दिपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा मालेका मन्जु क्षेत्री, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल बार एशोसिएशन उच्च अदालत पोखरा इजलासका अध्यक्ष हरिप्रसाद शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, राप्रपाका बिष्णु प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ अध्यक्ष दिल शिरीष लगायतका वक्ताहरूले संविधान लाई जनताको संविधान हो भन्ने भावना दिलाउन नसके सम्म यसलाई संस्थागत गर्न नसकिने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

संविधान दिवस मुल समारोह समितिका संयोजक राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला समन्वय समितिका सह संयोजक बिष्णु भुसाल, कार्यक्रम संचालन दुर्गा पौडेलले गर्नुभएको थियो ।

कार्यक्रम बाजागाजा, भजन कृतन सहित सरकारी कार्यालयका राष्ट्र सेवक कर्मचारी स्थानीय तहका जनप्रतिनिधिहरू स्थानीय तहमा कार्यरत कर्मचारी राजनीतिदलका नेता, कार्यकर्ता, पत्रकार, सहकारी कर्मिहरू, प्रहरी नेपाली सेना लगायतका महानुभावहरूले राष्ट्रिय झण्डा सहित नगर परिक्रमा गरेका थिए ।

२०७६ असोज ०३ गते प्रकाशित

वि.सं.२०७६ असोज ३ शुक्रवार १०:३६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...