back
NMB ad

शिक्षक कर्मचारीको तलब बढ्यो

Kumari bank ad

काठमाडौं । न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन ।

मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाले न्यूनतम पारिश्रमिक मासिक साढे १३ हजार रुपैयाँ दिने निर्णय गरेका हुन । दुवै पालिकाले गत साउन १ देखि लागू हुने गरी उक्त निर्णय गरेका हुन ।

‘सरकारले श्रम ऐन लागू गरिसकेको छ । ऐनअनुसार न्यूनतम पारिश्रमिक दिन सरकारले सबै उद्योग, प्रतिष्ठानमा दबाब पनि दिइरहेको छ,’ हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीले भन्नुभयोे, ‘हामी पनि एउटा सरकार हौं । श्रम ऐन हामीले पनि त कार्यान्वयन गर्नुपर्छ ।’

हल्दिबारीमा बाल विकास शिक्षक ३४, विद्यालय सहयोगी १९ र कर्मचारी ६ गरी ५९ जनाको तलब वृद्धि गरिएको छ । उनीहरू सबैको न्यूनतम तलब १३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...