back
NMB ad

वोमी लघुवित्तको भोलिदेखि १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामी खुल्ने

Kumari bank ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले भोलि असोज ६ गतेबाट १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद असोज १३ गतेसम्म हुनेछ ।

कम्पनीले यसअघि साउन ९ गतेदेखि भदौ ११ गतेसम्म १० लाख १० हजार ८८० कित्ता ९१००५० हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

जसमा १ लाख २३ हजार २१३ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर अब लिलामीमा प्रक्रियामा ल्याउन लागिएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा वोमी लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सक्नेछन ।

यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ । सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि वोमीको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म यस लघुवित्तले ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार ११:०३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...