काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले श्री सगरमाथा सेक्युरिटिज प्रालिको सदस्यता निलम्वन गरेको छ ।
धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावलीमा भएको व्यवस्था विपरित कार्य गरेको भन्दै नेप्सेले मंगलवार एक दिनका लागि लागु हुने गरी उक्त कम्पनीको सदस्यता निलम्वन गरेको हो ।
अव उक्त कम्पनीले एक दिनका लागि शेयर खरीदविक्री तथा अन्य कारोबार गर्न पाउने छैन।
२०७६ असोज ०६ गते प्रकाशित
वि.सं.२०७६ असोज ६ सोमवार १२:०० मा प्रकाशित