back
NMB ad

दिल्लिमा चोरी गरी काठमाण्डौंमा व्यापार गर्ने दुई जना पक्राउ

Kumari bank ad

काठमाडौं । भारतबाट चोरी गरी महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा राजधानी भित्र्याउन लागेको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

भारतीय डिएल १२ सिए १४५८ नम्बरको सेतो महिन्द्रा गाडीमा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काको टोलीले चेकजाँच गर्दा विभिन्न कम्पनी र ब्राण्डका ५५ थान चोरीका मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको बताएका छन् ।

बरामद गरिएका मोबाइल आइफोन, स्यामसुङ, एमआइ,कुलप्याड लगायतका रहेका छन् । बरामद भएको चोरीका मोबाइल १० लाख बराबरको रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

मोबाइलसहित पक्राउ पर्नेमा भारत दिल्ली लक्ष्मीनगरका ३३ वर्षीय दीपक महाजन र दिल्ली शास्त्रीपार्कका ३६ वर्षीय मोहम्मद चाँद रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताउनुभएको छ । पक्राउ परेका दुबै जनालाई गाडी र मोबाइलसहित कारबाहीको लागि राजश्व कार्यालय ललितपुर पठाएको बताइएको छ ।

दसैं, तिहार, छठ लगायतका चाडमा हुने चोरी पैठारी नियन्त्रण गर्न तथा पटका लगायत संवेदशील वस्तुहरू भित्रने हुँदा नागढुंगा लगायत मुख्य नाकामा कडाइ गरीएको प्रहरीले जनाएको छ ।

२०७६ भदौ ०६ गते प्रकाशित

वि.सं.२०७६ असोज ६ सोमवार १५:३१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...