back
NMB ad

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

Kumari bank ad

काठमाण्डौं । अपर नौगाड जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना ८ मेगावाटको अपर नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी असोज ६ गते देखी सफल परिक्षण कार्य सम्पन्न गरेको हो ।

परिक्षण प्रसारण पुरा गरेपश्चात् यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान गरिएको छ । १६० करोड कुल लागत रहेको यस आयोजनाले २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता गरेको थियो । यस आयोजनाबाट बार्षिक प्रतिघण्टा ४.८७ करोड किलोवाट विद्युत उत्पादन गर्ने अनुमान रहेको छ । जसमध्ये सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति, नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सव स्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह गरिने बताइएको छ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

२०७६ भदौ ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...