काठमाडौं । कर्मचारी सञ्चय कोषले आफना ६ लाख सञ्चयकर्तालाई व्यक्तिगत विवरण (केवाइसी) भर्न जानकारी गराएको छ ।
सञ्चयक कोषले डाटावेस अद्यावधिक गर्ने काम भइरहेकाले कोषको वेभसाइटमा उपलब्ध केवाइसी विवरण भर्न अनुरोध गरेको हो ।
कोषले परिचयपत्र, नागरिकता, वाणिज्य बैङ्क वा राष्ट्रियस्तरका विकास बैङ्कमा खोलीएको खाताको चेकको प्रतिलिपी बुझाउनु भनेको छ ।
कोषबाट प्रदान हुने सापटी, भुत्तानी तथा सामाजिक सुरक्षा सुविधको रकम सञ्चयकर्ताको व्यक्तिगत बैङ्क खातामा रकमान्तर हुने सञ्चय कोषले जनाएको छ ।
केवाइसी फारम प्रमाणित गर्न सञ्चयकर्ता आफै उपस्थित हुनु पर्ने कोषले स्पष्टपारेको छ ।
२०७६ असोज ०८ गते प्रकाशित
वि.सं.२०७६ असोज ८ बुधवार १४:५६ मा प्रकाशित