back
NMB ad

उपनिर्वाचनः कुन दलले पाए कस्तो निर्वाचन चिन्ह ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले नयाँ दर्ता भएका दलहरूलाई मंसिर १४ गतेको उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ ।

उपचिनर्वाचनका लागि ४८ दल दर्ता भएका छन । आयोगमा दर्ता कायम रहेका नेपाली कांग्रेस लगायतका दलहरूले पुरानै चुनाव चिह्न पाएका छन । तर एकीकरण भएका र नयाँ दर्ता भएका दलहरूले भने नयाँ चुनाव चिन्ह पाएका छन ।

एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह प्रयोग गर्ने भएको छ । अघिल्लो निर्वाचनमा उक्त चिन्ह तत्कालीन नेकपा एमालेको थियो। नेकपा माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिन्ह प्रयोग गरेको थियो ।

तर गोलाकारभित्रको हँसिया हथौडा चिन्ह यसपटक पनि मतपत्रमा छापिने छ। एमाले र माओवादीको एकतासँग असन्तुष्ट रहेका गोपाल किराँतीको पार्टीले सोही चुनाव चिन्ह प्रयोग गर्ने भएको हो।

त्यस्तै, सत्तारूढ समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिन्ह प्रयोग गर्ने भएको छ । उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टी बनेको हो ।

फोरमले मसाल र नयाँ शक्तिले आँखा चुनाव चिन्ह लिएर यसअघि निर्वाचन लडेका थिए । त्यस्तै, साझा पार्टीले तराजु चुनाव चिन्ह पाएको छ।

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले गत चुनाव अघि नेपाली कांग्रेससँग एकीकरण गरेको थियो । तर एकीकरणमा असन्तुष्टहरूले नेपाल फोरम लोकतान्त्रिक पार्टीको नाममा दुई हात जोडेको नमस्कार चुनाव चिन्ह पाएका छन । सिके राउतको जनमत पार्टीले लाउड स्पिकर चुनाव चिन्ह पाएको छ ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १७:३२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...