back
NMB ad

१० वाणिज्य बैँकले गरे लाभांशको प्रस्ताव, सबैभन्दा बढी सिद्धार्थ बैँक, अन्य बैंकको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत २७ मध्ये १७ वटा वाणिज्य बैङ्कहरुले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्न बाँकी छ ।

१० ओटा वाणिज्य बैङ्कहरुले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरिसकेका छन ।  सिटिजन्स र एनआईसी एसिया बैङ्कले शुक्रबार साधारणसभा गरेर सेयरधनीलाई लिने लाभांश पारित गरेका छन ।

सिटिजन्स र एनआईसी एसिया लाभांश वितरण गर्ने पहिलो बैङ्क भएका छन । सेयरधनीले दशैअघि नै लाभांश पाउने भएका छन ।

गत वर्ष धेरै लाभांश दिने नविल, नेपाल इन्भेष्टमेन्टलगायत १७ बैङ्कहरुले लाभांश घोषणा गर्न बाँकी छ । कृषि विकास, नेपाल बैङ्क, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चाटर्ड, नेपाल एसबीआई, एभरेष्ट, हिमालयन, प्राइम कर्म्र्शियल, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी), सिभिल, प्रभु, लक्ष्मी, सेन्चुरी कमरशियल, एनएमबी र नेपाल बंगलादेश बैङ्कहरुले लाभांश घोषणा गरेका छैन ।

लाभांश प्रस्ताव गर्ने सिटिजन्स, सानिमा, जनता, माछापुच्छ्रे, सनराइज, सिद्धार्थ, कुमारी, एनआइसी एसिया, बैङ्क अफ काठमाडु र मेगा बैङ्क रहेका छन । राष्ट्रिय वाणिज्य बैङ्कमा सर्वसाधारणको लगानी नभएकाले नेप्सेमा सुचिकृत छैन ।

प्रस्ताव गर्ने मध्ये सबैभन्दा बढी लाभांश सिद्धार्थ बैङ्कको छ । सिद्धार्थले सेयरधनीलाई नगद र बोनस सेयर गरी २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सिद्धार्थले चुत्तापुँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपछि चुक्ता पूँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने सिद्धार्थले जनाएको छ ।

सबैभन्दा कम लाभांश कुमारीको छ । कुमारीले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । जनताले ६ प्रतिशन बोनस र ६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

६ प्रतिशत बोनस सेयर दिएपछि जनताको चुँक्तापूँजी ८ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ । जनता ग्लोबल आइएमइसँग मर्ज हुन लागेको छ ।

एनआईसी एसियाले २१ प्रतिशतले हुन आउने १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँ लाभांश वितरण गर्नेछ । साधारण सभाले १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार रुपैयाँको बोनस सेयर र ११ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैङ्कको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यस्तै सिटिजन्सको गत आर्थिक वर्ष २०७५/०७६ को वितरण योग्य नाफाबाट १२ प्रतिशतले हुन आउने १ अर्ब ४५ लाख २७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

सभाले सेयरधनीलाई ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार रकम बराबरको बोनस शेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।

सनराइजले १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सनराइजले लगानीकर्तालाई १० प्रतिशत बोनस र ५.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैङकले ८१ करोड ५२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ । ४७ करोड २८ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ ।

त्यस्तै,मेगाले सेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । मेगाको गत बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब २२ करोड ६ लाख ६३ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

मेगाको चुक्तापुँजी १० अर्ब ३८ करोड ८६ लाख रुपैयाँ छ । मेगाले पुँजीगत आधार मजवुत बनाउन गण्डकी विकास बैङ्कलाई मर्जरका लागि समझदारीपत्र (एमओयू) गरेको छ ।

त्यसैगरी,सानिमाले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी २१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सानिमाले लाभांश पारित गर्न असोज २९ मा साधारणसभा बोलाएको छ । बोनस वितरणपछि सानिमाको चुक्तापूँजी ८ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ ।

बैङ्क अफ काठमाडुले १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । माछापुच्छ्रेले ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

गत वर्षसम्म बोनस सेयर मात्र वितरण गर्दै आएका वाणिज्य बैङ्कहरुले यो वर्षदेखि सेयरधनीलाई नगद लाभांश पनि दिन थालेका छन । आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र गत वर्षको वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने कानूनी प्रावधान छ ।

२०७६ असोज १२ गते प्रकाशित

वि.सं.२०७६ असोज १२ आइतवार १०:१३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...